अशोक दर्जीले मलेसियाबाट ल्याए यति धेरै पैसा : आमा बुबालाई यस्तो उपहार

काठमाडौं / सांगीतिक कार्यक्रमका लागि मलेसिया पुगेका पछिल्लो समय ‘मन विनाको धन ठुलो कि धन विनाको मन’ का चर्चित बाल गायक अशोक दर्जी नेपाल फर्किएका छन् । मलेसियाबाट नेपाल फर्किएका बाल गायक दर्जीले विमानस्थलमा पत्रकारसँग निकै रोचक कुराकानी गरेका छन् । गायक दर्जीको घर निर्माणको आर्थिक संकलनका लागि दर्जी मलेसियाको कार्यक्रममा पुगेका थिए । मलेसियामा उनको अत्याधिक माग भएपछि उनी मलेसिया पुगेका थिए । अशोकको मलेसियामा कार्यक्रम निकै सफल पनि भएको थियो ।

उनले मलेसियामा तीनवटा सो देखाएका थिए । उनले विमानस्थलमा बाबुआमालाई मलेसियाबाट के उपहार ल्याईदिएका छौ भनेर प्रश्न सोधेपछि अशोकले अण्डा ल्याईदिएको भनेर सबैलाई हँसाएका थिए । उनले मलेसियामा दर्शकहरुको प्रतिक्रिया, विभिन्न स्थानको घुमफिर, समुन्द्र लगायत कुराको बयान गरेका थिए । त्यस्तै, संगीतकार टंक बुढाथोकीले अशोक निकै पावरफुल भएको प्रतिक्रिया दिए ।
भिडियो हेर्नुसः

Purbeli TV

तपाईको प्रतिक्रिया