अशोकको चर्चा तर आमाबुवा तनाबमा, नया घरमा बस्न नदिने-चाबी लगाईदिने हल्ला (भिडियो सहित)

उर्लाबारी/ पछिल्लो समय सामाजिक संजाल अनि युटुवहरुमा भाइरल अशोक दर्जीका आमा बुवा धेरै लामो समय पछि मिडियामा दुखेशो पोख्दै आएका छन । बन्दै गरेको घरमा आफुहरुलाई बस्न नदिने हल्ला चलेको उक्त भिडियो कुराकानीमा अशोकको बुवाले सुनाएका छन् । यो संगै घरमा राति राति तर्साउने गरेको पनि अशोकको आमाले बताएकी छिन् । केटाकेटी रोएको जस्तो आवाज निकाल्ने कार्यहरुले गर्दा यहाँ बस्न एकदमै कठिन भएको अशोकका बुबाले बताए । हेर्नुस् युवा मन नेपालको किशोर श्रेष्ठको सहयोगमा अशोकको आमा र बुवा संग गरिएको कुराकानी ।

अशोकको पढाई देखि लिएर उनको भबिष्य र बन्दै गरेको घरले समेत उनीहरुलाई पिरोल्ने गरेको कुरा प्रस्तुत भिडियो कुराकानीमा हेर्न सकिन्छ । जतिसक्दो चाडो नयाँ बन्दै गरेको घरमा सारीदिन पनि उनीहरुले आग्रह गरेका छन् । घर निर्माण एकदमै राम्रो बन्दै गरेको र संयोजक पूर्ण वाइवाले अहोरात्र खटेकोमा धन्यबाद दिएका थिए । आफ्नो छोराले नसोचेको सफलता हासिल गरेकोमा एकदमै हर्षित बनेको पनि उनीहरुले बताएका छन् । सहयोगी सबैलाई उनीहरुले धन्यबाद दिएका थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया