भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने नेकपा सांसद पम्फा भुसालको माग

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा की सांसद पम्फा भुसालले भारतसँग जोडिएका सबै सीमा नाका बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेकी छिन् । सत्तारुढ नेकपा प्रतिनिधिसभाकी प्रभावशाली सांसद भुसालले भारतले नेपालको सीमा मिच्ने कामलाई बढाउँदै लगेको दावी गर्दै सबै सीमा नाका बन्द गर्नुपर्ने तर्क गरेकी हुन् । बुधबार संघीय संसदको राज्यव्यवस्था तथ...