राँझा / विद्यालयबाट घर फर्किंदै गरेकी १६ वर्षीय किशोरीलाई बलात्कार प्रयास असफल भएपछि कुटपिट गर्नेे युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । बलात्कार प्रयास गर्दा किशोरीले नमानेपछि मराणाशन्न हुनेगरी कुटपिट गरेर फरार भएका नेपालगञ्ज उपमहानगरपालिका– ४ निवासी २० वर्षीय युवक जुनेद हल्वाइलाई प्रहरीले भारतबाट पक्राउ गरेको प्रहरी उपरीक्षक ओमब...
काठमाडौँ / नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको यात्रुबाहक बस जाँचका क्रममा लागुऔषधसहित दुई भारतीय नागरिकलाई आज बिहान पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी मौहावाका १९ वर्षीय पप्पुकुमार यादव र भारत ...
कञ्चनपुर / नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन खोज्ने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।...
काभ्रेपलाञ्चोक / नेत्रविक्रम चन्द समूहका जिल्ला नेता बुद्धलाल लामांलाई काभ्रेपलाञ्चोक प्रहरीले आज साँझ गिरफ्तार गरेको छ । रोशी गाउँपालिका–६ निवासी लामालाई प्रहरीले अपराह्न बनेपामा भएको सूचनाका आधारमा खोजतलासका क्रममा साँझ पक्राउ गरेको हो ।
समूहका जिल्ला सदस्य २७ वर्षीय लामालाई हिरासतमा राखिएको तथा सोमबार म्याद थप गरी थप अनुसन्धान गरिने जिल्ला...
परासी / बालिका बलात्कार गरेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पन्ध्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कृष्ण गुप्ता र किसन केवट रहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । कात्तिक २७ गते रातिको समयमा ...
जलेश्वर / कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक र नागरिकता मुद्दाका फरार एक अभियुक्त पक्राउ परेका छन् । आठ वर्ष अगाडि २२ वर्षीय किशोरलाई अपहरण गरेर कर्तव्य गरी मारेर फरार रहँदै आएका एकडारा गाउँपालिका–३ का जीवछ अन्सारीलाई महोत्तरीको जलेश्वर नपा–३ भिठ्ठामोडबाट बुधबार प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर के...
सिन्धुली / बोक्साको आरोप लगाउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका—५ हात्तिदमारकी ३० वर्षीया हरिमाया वाइवा, २३ वर्षीय शुकबहादुर वाइवा, ५० वर्षीया फूलमाया वाइवा, २६ वर्षीया रजिनामाया वाइवा, २४ वर्षीय लाल भनिने तासिङ लामा र काभ्रे धुलिखेल नगरपालिका—८ का २२ वर्षीय सुरेन्द्र तामाङ वाइवा छन् ।
सोही ठाउँ बस्ने लक्...
नवलपरासी / नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) प्रतापपुर गाउँपालिका –८ पथलहवाँ टोलका ४० वर्षीय अर्जुन यादवलाई हत्या गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । यादवलाई गए राति कुटपिट गरी हत्या गरेको आरोपमा सोही स्थानमा बस्ने अन्दाजी २७ वर्षीय पुरुष र प्रतापपुर गाउँपालिका– ८ फत्कीटोल बस्ने अन्दाजी २३ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला...
काठमाडौं / राष्ट्रिय झण्डा जलाइएको म्युजिक भिडियो सार्वजनिक गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित हालसम्म ९ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
मंगोल होप नेपाल नामक युट्युब च्यानलबाट जातीय द्वेष फैलाउँदै राष्ट्रिय झण्डासमेत जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएलगत्तै प्रहर...
काठमाडौँ / एक व्यवसायीलाई मुद्दा परेको भनी धम्क्याई रु पाँच लाख ठगी गर्न खोज्ने एक पत्रकारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले आज पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–४ घर भई तारकेश्वर नगरपालिकास्थित नेपालटारमा बस्दै आएका शङ्करप्रसाद अधिकारी रहेको सिआइवीका प्रमुख सहकुल थापाले जानकारी दिए । उनका अनुसार अधिकारीले आलो...