नेपाल टेलिकमको सेवा दस्तुर ३ प्रतिशत घटयो

काठमाडौ / नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महशुलमा आज आइतबारदेखि नयाँ दर लागू हुने भएको छ । नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आजदेखि लागू हुनेगरी १० प्रतिशतमा झारेर नयाँ दर लागू गरिएको हो । टेलिकम कार्यालयका अनुसार हाल उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा ...

नेपाल टेलिकमकाे एसइई अफर सार्वजनिक

काठमान्डाैं / नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्र्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ । जसमा ३० दिनसम्म प्रति दिन १०० एमबी डाटा (कूल...

टेलिकमको सीयूजी प्याकेज: अनलिमिटेड कलदेखि ४० जिबी डाटासम्म

काठमाडौं । नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप-सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरुको संख्यामा वृद्धि हुने क्रम जारी रहेको छ । कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम दशजना मोबाइल प्रयोगकर्ताहरुलाई सीयूजी समूहमा आबद्ध गराउन सकिने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार सीयूजी सेवामा आबद्ध सदस्यहरु बीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा ...

डाटा चोरी भएको छैन : नेपाल टेलिकम

काठमान्डाैं / नेपाल टेलिकमले आफ्नो डाटा चोरी नभएको स्पष्ट पारेको छ । नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशन भए पश्चात डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा ...

टेलिकमले चौथो पुस्ताको फोरजीमा भ्वाइस ओभर लंग टर्म ईभोल्युशन सेवा सञ्चालनमा ल्याउने

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकको मागअनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई प्रविधि अन्तर्गत भ्वाइस ओभर लंग टर्म ईभोल्युशन सेवा सञ्चालनमा ल्याउने भएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा २०७८ जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भीओएलटीई सेवाको परीक्षण शुरु...

निषेधाज्ञालाई लक्षित गरी एनटीसीले ल्यायो आकर्षक डाटा र भ्वाइस प्याक

काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले विभिन्न आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याकको सुविधा ल्याएको छ । कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको निषेधाज्ञाको समयलाई लक्षित गरी एनटीसीले आकर्षक प्याकेजहरू घोषणा गरेको हो । निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकका लागि नेपाल टेलिकमले प्रयोगका आध...

नेपाल टेलिकमको १३औं वार्षिक साधारणसभा सम्पन्न, ४० प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को १३औं वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्श क्लब, काठमाडौमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रूपैयाँ (४० प्रतिशत)का दरले शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारणसभामा करिब ९२ प्...

दु्र्त मार्गमा अप्टिकल फाइबर बिछ्याउने सम्झौता

काठमाडौं । नेपाल टेलिकम र काठमाडौ­तराई मधेश दु्रत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता सम्पन्न भएको छ । राजधानीलाई मधेशसँग जोड्ने तुलनात्मक रुपमा निकै छोटो (७२.५ कि.मी) मानिएको र नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो सडकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानहरुसहित आयोजना र टेलिकमबीच २०७७ पुस १० गते एक सहमतिमा हस्ताक्षर भएको हो । नेपाल ...

नेपाल टेलिकमद्वारा ‘पाठशाला सीयुजी सिम’ अन्तर्गत निःशुल्क सिम वितरण जारी

काठमाडौँ । नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीयुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ । कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराइरहेको हो । सो सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा शिक्षकहरुले एकआपसमा जति ...

नयाँ एफटीटीएच जडानमा टेलिकमकाे यस्तो सुविधा

काठमाडौँ । नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले निकट भविष्यमै यही सेवामार्फत टेलिभिजन सुविधा समेत उपलब्ध गराउने तयारी गरिरहेकाले यस सेवाप्रतिको आकर्षणमा निरन्तर वृद्धि हुने देखिन्छ । विद्युत आपूर्ति अवरुद्ध भएको ...