धादिङमा दुर्घटना, तीन जनाको मृत्यु

धादिङ / धादिङको गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपलिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ अर्चलेस्थित मलेखु ताल्ती सडकखण्डमा मलेखुबाट ताल्तीतर्फ जाँदै गरेको ना२ख ५०५७ नंको बसले सात वर्षीय प्रज्वल गुरुङलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । बालकको शव परीक्षणका लागि प्राथामिक स्वास्थ्य केन्द्र...

३ वटा ट्रक आपसमा ठोक्किँदा दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

रुपन्देही / रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीन वटा ट्रक एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४ सिपागढमा भैरहवादेखि परासीतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक आपसमा ठोक्किँदा ट्रकमा सवार...

दुर्घटनामा दुई जनाको मृत्यु

पोखरा / पोखरामा आज बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१४ चाउथेमा बिहान अन्दाजी २ः५० बजेको समयमा बस, जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा जिप चालक पोखरा–२९ बस्ने ३६ वर्षीय सरोज लामा र मोटरसाइकल चालक तनहुँ थप्रेक घर भई हल पोखरा चाउथे बस्ने १९ वर्षीय रोशन गुरुङको उपचारका क्रममा ज्यान गएको...

एक सय यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटना

एजेन्सी / एक सय यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त बनेको अधिकारीहरुले जनाएका छन् । बेक एयरको विमान अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै शुक्रबार बिहान दुर्घटनाग्रस्त बनेको उनीहरुको भनाइ छ । उद्धारकर्ताहरु यतिबेला दुर्घटनास्थल पुगेका छन् । उनीहरुले सात जनाको मृत्यु भएको पुष्टि गरेका छन् । केहीको जिवितै उद्धार पनि गरिएको छ । ...

अमेरिकामा ७० वटा गाडी एकै ठाँउ दुर्घटना

अमेरिका / अमेरिकाको भर्जिनियामा आइबार बिहान सडक दुर्घटना हुँदा लगभग ७० वटा गाडी एकै थुप्रो भएका छन् । पूर्वी भर्जिनियाको इन्टरस्टेट ६४ मा भएको उक्त दुर्घटना बाक्लो कुहिरो र हिउँ परेका कारण चिसो सडकका कारण भएको भर्जिनिया पुलिसले जानकारी दिएको छ । दुर्घटनापछि सडकका दुबैतर्फको आवतजावत बन्द गरिएको अधिकारीले बताएका छन् । योर्क पोक्वोसन सेरिफको अफिस र...

धनकुटामा ट्रेलर र टेम्पु दुर्घटना दुई जनाको मृत्यु

धनकुटा / धनकुटामा टेलर र टेम्पु ठक्कर खाँदा मृत्यु दुई जनाको मृत्यु भएको छ । छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे भने, दुई जना घाईते भएका छन् । हिलेबाट जोरपाटीतर्फ जादै गरेको को.२ ह.६६११ नम्बरको टेम्पु र विपरीत दिशाबाट आईरहेको को.१ ख.६९१२ नम्बरको टेलर दिउँसो करिव १२ बजे ठक्कर ख...

धरानबाट तेह्थुम हिडेको टाटासुमो दुर्घटना

धरान / धरान १३ स्थित अमरहाटमा टाटा सुमो दुर्घटना भएको छ । धरानबाट तेह्रथुम जाँदै गरेको को १ ज २८९२ नम्बरको टाटा सुमो दुर्घटना भएर पल्टिएको हो । दुर्घटनाका घाइतेहरुलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा पुर्याइएको छ । गाडीमा सवार एक वृद्धा गम्भीर रहेकि छिन् । दुर्घटनामा परी ४ जना घाइते भएका थिए । प्र...

नेकपा सचेतक शान्ता चौधरीकाे गाडी दुर्घटना

दाङ / नेकपाकी सचेतक शान्ता चौधरी चढ्ने गाडि दाङमा दुर्घटना भएको छ । सडकमा एक्कासी जरायो आएको र त्यसलाई जोगाउन खोज्दा गाडी अनियन्त्रित भएर खोलामा खसेर दुर्घटना भएको हाे । गाडी सडकबाट झण्डै एक सय मिटर तल अर्जुनखोलामा खसेको छ । सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको बा २ झ २८७१ नम्बरको स्कारपियो गाडी लमही-घोराही सडकखण्डअन्तर्गत कुलमोड भन्ने स...

उदयपुरमा सांसद र उपमेयर चढेको कार दुर्घटना (तस्विरहरू सहित)

उदयपुर / उदयपुरमा मध्य पहाडी मदन भण्डारी स्मृति राजमार्ग स्थित चौदण्डीगढी नगरपालिका वडा नं. ७ स्थित भुल्केमा सोमबार साँझ करिव ५ बजे कार दुर्घटना हुँदा सांसद र उपमेयर सामान्य घाइते भएका छन् । त्रियुगा नगरपालिकाको स. १ झ ५३१ नम्बरको कार दुर्घटना हुँदा प्रदेश नं. १ का सांसद वर्ष ४२ की सञ्झा दनुवार र त्रियुगा नगरपालिकाका उपमेयर वर्ष ५५ की देवी कुमारी च...

मोरङको बूढीगंगामा दुर्घटना हुँदा डाक्टर र नर्सकोे मृत्यु

विराटनगर / कोसी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ मा सोमबार बिहान भएको दुर्घटनामा परेर डाक्टर र नर्सको मृत्यु भएको छ । सेन्चुरी मसला उद्योग अगाडि भएको दुर्घटनामा बुढीगंगा गाउँपालीका –५ घर भएका ५२ वर्षीय नेत्र रोग विशेषज्ञ डा. शुभलाल माझी र न्युरो अस्पताल विराटनगरमा कार्यरत स्टाफ नर्स २६ वर्षीया अञ्जलीकुमारी माझीको मृत्यु भएको हो । ...