थप ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल संक्रमित १७ हजार १७७ पुग्यो

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या १७ ह...

नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै

भीमदत्तनगर / सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थील...

कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण

सुर्खेत / कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले पछिल्लो २४ घण्टामा सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २८ जनामा कोरोना ...

काठमाडौंमा ६ जनासहित थप ६७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ६७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८० महिला र ५९१ पुरुष गरी ६७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयकाअनुसार काठम...

प्रदेश नं १ मा कोरोना सङ्क्रमण : धेरै झापामा, सङ्क्रमितलाई समाजमा अपहेलना

सुरुङ्गा / प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित जिल्ला झापा बनेको छ । भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको पनि कचनकवल गाउँपालिकामा कोरोना सङ्क्रमित धेरै फेला परेका छन् । रोजगारीका लागि भारत पुगेका नेपाली युवा स्थलमार्ग भएर घर फर्कन थालेसँगै कचनकवल गाउँपालिकामा धेरै सङ्क्रमित फेला परेका हुन् । यो गाउँपालिकामा मात्र ...

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोना सङ्क्रमणको आशङ्कामा सेवा बन्द

भक्तपुर / भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो । सुत्केरी भएको आधा घण्टापछि मृत्यु भएकी महिलामा कोरोना भाइरस सङ्क्रमण रहेको आशङ्काले अस्पतालक...

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण

अर्घाखाँची / अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टिनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना...

विदेशी नेपालीमा कोरोना सङ्क्रमण कमी

काठमाडौँ / गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट मृत्यु भएको र पाँच हजार ५९० जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण दर गतसाताभन्दा ७५ प्रतिशतले कमी आएको जनाइएको छ । एनआरएनएका संयोजक डा सञ्जीव सा...