कोरोना भाइरस : सङ्क्रमण नियन्त्रण तथा रोकथाममा कहाँ-कहाँ चुक्यो सरकार

काठमाडौं । विगत केही दिनदेखि नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण दिनहुँ बिरामीहरूको ज्यान जान थालेपछि सरकारी पक्ष, स्वास्थ्यकर्मी र सर्वसाधारण सबैमा चिन्ता बढेको छ। यही बेला कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिलेसम्म चालेका कदम र तिनको प्रभावकारिताबारे पनि प्रश्न उठ्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गरा...

भलिबल खेलाडीको कोरोना बीमा गरिने

काठमाडौँ / लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बीमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बीमा गर्न लागेको हो । खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बीमा गर्न लागेको ट्रष्टद्वारा जारी व...

रुसपछि चीनले बनायो कोरोनाको भ्याक्सिन

एजेन्सी : रुसपछि चीनले पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएको छ। रुसले बनाएको भ्याक्सिन स्तुपनिक-५ लाई दर्ता गरेर प्रयोग अनुमति दिएलगत्तै चीनले पनि आफूले बनाएको भ्याक्सिन सेनामा प्रयोग अनुमति दिएको हो। चीनले क्यानसिनो बायोलजिक्सको भ्याक्सिनलाई निश्‍चित परिमाणमा मात्रै प्रयोग गर्न मञ्‍जुरी दिएको छ। चीनले यो भ्याक्सिन दर्तापछि च...

बन्द प्रशिक्षणका लागि बोलाइएका एक फुटबल खेलाडीमा कोरोना

काठमाडौँ / राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका एक फुटबल खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित रहेको पाइएको छ । क्वारेन्टिनमा बसेका एक खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए । एन्फाले गत सोमबार र मङ्गलबार विश्वकप फुटबल छनोट तथा एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका ३४ खेलाडी, १२ क...

प्रदेश १ मा एकै दिन २२ सय बढीको कोरोना परीक्षण, हालसम्म १ हजार ७५ जना कोरोनामुक्त

विराटनगर / प्रदेश १ मा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । आज एकै दिन २ हजार दुई सय पाँच जनाको कोरोना परीक्षण भएको छ । प्रदेश १ मा एकै दिन परीक्षण भएको यो अहिलेसम्मकै धेरै संख्या हो । आज प्रदेश १ मा ९५ जना कोरोना संक्रमित देखिएका छन् । आज ३५ जना कोरोनामुक्त भएका छन् । हालसम्म प्रदेश १ मा ६२ हजार ६ सय ५१ जनाको कोरोना परीक्षण भएको मुख्यम...

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड दश लाख नाघ्यो

जेनेभा, स्वीट्जरल्याण्ड / विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ५७ हजार ४९५ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । संक्रमित मध्ये हालसम्म एक करोड ३९ लाख २५ हजार ६२५ व्...

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ३२ लाख नाघ्यो

ब्रासिलिया / ब्राजिलमा कोरोना भाइरस (कोभिड(१९) बाट सङ्क्रमित हुने मानिसको संख्या ३२ लाख नाघेको समाचारमा जनाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको समाचारअनुसार बिहीबार रातिसम्म यहाँका ३२ लाख २४ हजार ८७६ जना नागरिक कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । स्वास्थ्य अधिकारीहरुले अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३२ ला...

कुखुराको मासुमा भेटियो कोरोना भाइरस

बेइजिङ / कुखुराको मासुमा कोरोना भाइरस भेटिएको छ । ब्राजिलबाट चीनको शेन्जेन आयात गरिएको फ्रोजन गरिएको कुखुराको पखेटामा कोरोना भाइरस भेटिएको अधिकारीहरूले बताएका छन्। आयातित खाद्यवस्तुको स्क्रिनिङका क्रममा बुधबार कुखुराको पखेटाको पनि नमुना लिइएको थियो। सीएनएनका अनुसार शेन्जेन प्रान्तको लंगाङ जिल्लामा लिइएको सो नमुनामा कोरोना भाइरस भेटिएको हो । बिही...

कोरोनाका कारण विराटनगरको कोशी अस्पतालमा थप एकको मृत्यु

विराटनगर / विराटनगरको कोशी अस्पतालमा कोरोनाका कारण थप एक पुरुषको बिहीबारराति मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुष रहेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले आइसोलेसनमा उपचाररत उनको राति ८ बजे मृत्यु भएको बताए । ती पुरुषलाई उपचारका लागि मंगलबार उपचारका लागि विराटनगर ल्याइएर परीक्षणका लागि स...

कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० जनाभन्दा धेरै व्यापारीमा कोरोना

काठमाडाैं । काठमाडौंको कालीमाटी, कुलेश्वर र बल्खु क्षेत्रका ४० जनाभन्दा बढी फलफूल तथा तरकारी व्यापारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमणको समस्या दिन प्रतिदिन बढ्दै गएपछि काठमाडौं महानगरपालिका-१४ ले कुलेश्वर र बल्खु क्षेत्रका पसल तथा केही बस्ती सिल गरेको छ । कामपा-१४ का वडाध्यक्ष शोभा सापकोटाले बुधबार र बिहीबार गरी ४० जनाभन्दा बढीम...