झुम्का कारागारका चार बन्दीमा कोरोना संक्रमण

सुनसरी / सुनसरीको झुम्का कारागारमा चार बन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अदालत धनुसाको आदेश पछि पूर्पक्षका लागि झुम्का कारागार चलान भएका चार पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । जेलर अनिल खनालका अनुसार १९,२० २१ र ४० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुलाई २६ साउनमा झुम्का ल्याइएको थियो । कारगारको छुट्टै स्थानमा र...

भारतमा पनि रूसको कोरोना भ्याक्सिन उत्पादन तयारी

यही मंगलबार रुसले विश्‍वकै पहिलो कोरोना भाइरसविरुद्धको भ्याक्सिन घोषणा गर्‍यो। कोरोनाविरुद्धको भ्याक्सिन दर्ता गरेपछि अहिले रुस विश्‍वमा चर्चाको केन्द्र बनेको छ। यस भ्याक्सिनलाई रुसको माइक्रो बायोलोजी रिसर्च सेन्टर गमलेयामा बनाइएको हो। यो भ्याक्सिन बुधवार क्लिनिकल ट्रायलको तेस्रो चरणमा पुगिसकेको छ। रूसले बनाएको विश्‍वकै...

आज शनिबार कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौँ । नेपालमा शनिबार थप ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको संख्या २६ हजार १९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाए । त्यस्तै, गत २४ घण्टामा थप १ सय २४ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या १७ हजार २ सय १ जना पुगेको छ । त्यस्तै, हाल मुलुकमा ८ हजार १ सय ९३ ...

कोरोना सङ्क्रमणबाट थप तीनको मृत्यु, मृतकको सङ्ख्या १०२ पुग्यो

काठमाडौँ / पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक÷एक गरी तीन जनाको मृत्यु भएको हो । यो सँगै मृतकको सङ्ख्या १०२ पुगेको छ । तीमध्ये ८० पुरुष र २२ महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा ...

सरुवा भएर खोटाङ आएका ६ प्रहरीमा कोरोना पुष्टि

विराटनगर / विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका छ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यही साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सरुवा भएर खोटाङ आएका सबै प्रहरी जवान क्वारेन्टिनमा रहे...

शिक्षण अस्पतालका एकतिहाइ श्यया कोभिड–१९ का लागि

काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका शिक्षण अस्पताललाई एकतिहाइ श्यया आइसोलेसनका लागि छुट्याउन अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमित राख्नका लागि अस्पतालले छुट्टै भवन वा कक्ष तोकी स्वीकृत सङ्ख्याको एकतिहाई हुन आउने श्यया सङ्ख्या छुट्याइ उपचारको व्यवस्था तत्कालन म...

नेपालमा थप ४६८ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या २६ हजार नाघ्यो

काठमाडौं / नेपालमा आज थप ४६८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ४६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार (कोभिड १९) संक्रमण...

कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाको विश्वास

वासिङटन / कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गरेकाे हो । “मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ,” उनले भने । अमेरिकी राष्ट...

भारतमा कोरोनाका तीन खोप परीक्षणको चरणमा छन् : मोदी

नयाँदिल्ली / भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोरोनाका तीन ओटा खोप परीक्षणको चरणमा रहेको जानकारी दिएकाे छ । कोरोनाविरुद्धको खोप बनाएका बैज्ञानिकहरुले सकारात्मक संकेत दिएको र प्रमाणित भएपछि व्यापक रुपमा खोपको उत्पादन गरिने पनि मोदीले बताए । देशको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा सम्वोधन गर्दै उनले प्रयोगशाला र औषधी उत्पादन गर्ने क्षमता ...

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड तेह्र लाख नाघ्यो

जेनेभा, स्वीट्जरल्याण्ड / विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट सात लाख ६३ हजार ३८७ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङ्क्रमित मध्ये हालसम्म एक करोड ४१ लाख ५१ हजार ७६६ व्यक्ति क...