सियोल / कोरोनाभाइरसको सङ्क्रमण शुक्रबार पाँच महिनाको उच्च स्तरमा पुगेपछि देशभरका ८४९ विद्यालयहरू बन्द भएका छन् । महामारीका कारण यस पहिले ८३८ विद्यालय बन्द भएका भएपछि कोरोनाभाइरस नियन्त्रणतर्फ गएको भनी लगभग सबै विद्यालयमा पुनः पठनपाठन गत मे २० देखि सञ्चालन गरिएको दक्षिण कोरियाको शिक्षा मन्त्रालयले ताएको छ ।
पछिल्ला केही हप्ता यता सङ्क्रमण दर बढ...
महेन्द्रनगर / शुरुआतमा कोरोना सङ्क्रमण मुलुकभित्र फैलिँदा पिसीआर विधिबाट परीक्षणका लागि काठमाडौँलगायत अन्य क्षेत्रका प्रयोगशालाको भर पर्नुपर्ने सुदूरपश्चिम प्रदेशको बाध्यता हट्दै गएको छ । केही समयअघि सम्म धनगढीस्थित पशुपक्षी अन्वेषण केन्द्रमा दैनिक दुई जनाको कोरोना परीक्षण हँुदै आइरहेको भए पनि पछिल्लो सातायता परीक्षणको दायरा बढ्दै गइरहेको छ । सुदूर...
चितवन / निजी क्षेत्रबाट कोरोनाको पिसिआर परीक्षणको अनुमति चितवन मेडिकल कलेजले पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले निरीक्षणपछि सो कलेजलाई प्रयोगशाला सञ्चालनको अनुमति दिएको हो ।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले यही मङ्गलबारसम्ममा प्रयोगशाला सञ्चालनमा ल्याइने बताए । जिल्लामा हालसम्म निजी खर्चमा पिसिआर प...
विराटनगर / विराटनगरमा ३ स्थित एक वृद्धाको घरमा छरछिमेकी जान नमान्दा दाहसंस्कार हुन सकेको छैन । परिवारमा कोरोना संक्रमण पुष्टि भए पश्चात छरछिमेकी घरमा पस्न नमान्दा ८७ वर्षीया वृद्धाकाे अन्त्येष्टि हुन नसकेकाे हाे । कोरोना पुष्टि भए संगै ५६ वर्षीय छोरा गत मंगलबारबाट आइसोलेसनमा छन् भने बुहारी र नातिको रिपोर्ट पनि पोजेटिभ आएको छ ।
स्याहारसुसार गर्ने...
महोत्तरी / कोरोना विशेष अस्पताल जलेश्वरमा पाँच थान भेन्टिलेटर जडान गरिएको छ । प्रदेश २ मा कोरोना सङ्क्रमणबाट थप जोखिम हुन नदिन महोत्तरीको सदरमुकाम जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटर जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिनुभयो ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा कोभिड अस्पतालम...
विराटनगर / परिवारका सदस्य कोरोना भाइरसबाट संक्रमित हुुँदा पनि परीक्षणको दायरामा नल्याइकन लुकाइएकी विराटनगरकी एक वृद्धाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–९ की ६२ वर्षीया वृद्धाको शनिबारराति मृत्यु भएको वडाअध्यक्ष विश्वनाथ भगतले बताए । मृत्यु भएपछि आइतबार बिहान महानगरको टोलीले परीक्षणका लागि वृद्धाको स्वाब संकलन गरेको छ । उनको हिस्ट्री पनि पत्त...
विराटनगर / विराटनगर महानगरपालिकामा कोरोना भाइरसका ४३ जना नयाँ संक्रमित थपिएका छन् । साउन २७ र २८ गते स्वाब संकलन गरेर परीक्षण गराइएका मध्ये संक्रमण पुष्टि भएकाहरुमा पाँचदेखि ६३ वर्षसम्मका छन् ।
४३ जना थपिएसँगै विराटनगरमा संक्रमित संख्या पाँच सय २३ पुगेको महमनगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।
नयाँ थपिएका संक्रमितमा १९ जना मह...
भरतपुर / कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख ...
बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका छ वटा नगरपालिकाका बजार क्षेत्रमा भेला, जमघट र भीडभाड गर्न रोक लगाएसँगै ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् ।
जिप्रकाले शुक्रबार सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण जिल्लामा समेत बढ्दै गइरहेको सन्दर्भमा मानिसको जमघट, भेला भीडभाडबाट उक्त रोगको सङ्क्रमण फैलिन सक्...
भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितकोे आज साँझ बसेको आकस्मिक बैठकले मध्यपुर थिमि नगर क्षेत्र आगामी भदौ ९ गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।
नगरपा...