‘दिगो विकासका लक्ष्यलाई राष्ट्रिय कार्यक्रममा नेपालले मूल प्रवाहीकरण गरेको छ’

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले दिगो विकासका लक्ष्यलाई राष्ट्रिय योजना र कार्यक्रमहरुमा मूल प्रवाहीकरण गरिएको बताएका छन् । उनले ती कार्यक्रमलाई अहिले नेपाल सरकारले स्थानीय तहसम्म पु¥याएको उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७५औँ महासभाका अवसरमा महासचिव एन्टोनियो गुटरेसले शुक्रबार राति राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा आयोजना ...

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य लीलबहादुर थापाकी ८८ वर्षीया आमा भ्रदकलीको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री ओलीले थापाकी दिवङ्गत आमाप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकूल परिवार, आफन्त र शुभचिन्तकमा समवेदना व्यक...

तेजाब प्रहार कसूरसम्बन्धी ऐन ल्याइने, पीडितको शिक्षा र जीविकाको व्यवस्था गरिने

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब प्रहार गर्नेमाथि अमानवीय र जघन्य अपराधका कसुरमा कारवाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री र पीडितसहित सहभागी विशेष कार्यक्रममा उनले त्यस्ता अपराधीको सम्पत्ति रोक्का गरी पीडितको उपचार गर्ने र क्षतिपूर्ति भ...

ओली–दाहाल छलफल समाधान उन्मुख, आजबाट काउन्टडाउन

काठमाडौं । सत्तारूढ नेकपामा देखिँदै आएको संकट पाँच दिनभित्रै समाधान हुने घोषणा गरेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारदेखि नै अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गहन छलफल थालेका छन् । ओलीले बुधबार एक अन्तर्वार्तामा नेकपामा देखिएको संकट पाँच दिनभित्रै समाधान हुने र त्यसका लागि बिहीबारदेखि नै काउन्टडाउन थाल्न आग्रह गरेका थिए । ओलीले ...

प्रधानमन्त्रीद्वारा फ्रान्स र आयरल्यान्डका प्रधानमन्त्रीलाई बधाई

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स र आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्रीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै उनिहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । फ्रान्सका प्रधानमन्त्री जँ कास्टेक्सलाई पठाएको बधाई सन्देशमा नेपाल र फ्रान्सबीच पुरानो मैत्री एवं जनस्तरको सम्बन्धको चर्चा गर्दै उनले सुदृढ आर्थिक साझेदारीमा जोड दिएका छन...

प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट ? निवास र कार्यलयमा बढाईयो सुरक्षा

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता बढाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेका छन् । ‘उहाँ (प्रधानमन्त्री)माथि थ्रेट देखेका छौं । उहाँका निर्धारित कार्यक्रमको सूची हेरेर तत्काल सुरक्षा योजना बनाई...

ओली र देउवाबीच गोप्य भेटवार्ता भएको खुलासा

काठमाडौं / नेकपाभित्र विवाद बढिरहेकै बेला प्रधामन्त्री केपी शर्मा ओलीले गरेको एउटा भेटघाटले तरंग ल्याएको छ । ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । नेकपाभित्र शक्ति संघर्ष सतहमा आइरहेको बेला ओलीले देउवासँग तीन दिनअघि बालुवाटारमा भेटवार्ता गरेको र सो भेटवार्ताबारे विभिन्न कोणबाट विश्लेषण हुन थालेको खबर कान्तिप...

यस कारण स्थायी कमिटी बैठकमा उपस्थित भएनन् प्रधाननमन्त्री ओली

काठमाडौं / सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठकमा प्रधाननमन्त्री केपी शर्मा ओली अनुपस्थित भएनन् । यही असार १० गतेदेखि शुरु भएको नेकपा स्थायी कमिटीको बैठकको आज दोस्रो दिन पार्टी अध्यक्षसमेत रहेका ओली बैठकमा अनुपस्थित भएको जानकारी महासचिव बिष्णु पौडेलले दिएका थिए । उनले प्रधानमन्त्री कार्यव्यस्तताका कारण आजको बैठकमा...

कोरोनासँग जुध्न औषधीय गुणयुक्त आहर, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीसँग जुध्न औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण विषय रहेको बताएका छन । छैटौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिएमात्र निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्ने बताए । ...

वैकल्पिक माध्यमको सिकाइमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर वैकल्पिक माध्यमबाट पढाइ शुरु भएको सन्र्दभमा नेपाल टेलिभिजनमार्फत शुभकामना सम्बोधन दिँदै सिकाइमा सहभागी हुन सम्पूर्ण विद्यार्थीलाई आग्रह गरेका छन् । कोरोना महामारीका कारण अवरुद्ध शिक्षण प्रणालीलाई निरन्तरता दिन सरकारले अनलाइन, रेडियो, टेलिभिजन र र अन्य माध्यमबाट पठनपाठनको व्यवस्था गरेको छ । प्रधान...