कोभिड –१९को सङ्क्रमणबाट ११ जिल्लाका १६ जनाको निधन

काठमाडौँ / कोभिड –१९को सङ्क्रमणबाट आज एकै दिन ११ जिल्लाका १६ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकाका छ जनासहित १६ जनाको निधन भएको जानकारी दिए । निमा तीन महिला र १३ पुरुष छन् । यससँगै नेपालमा कोरोनाबाट अहिलेसम्म निधन हुनेको सङ्ख्या ४२७ पुगेको छ । नेपा...

चितवनमा दुई सङ्क्रमितको मृत्यु

चितवन / चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कलेजका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिकाका पुरुष र हेटौंडा उपमहानगरपालिकाकी महिला रहेका छन् । कलेजमा उपचार क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० की १७ वर्षीया युवती रहेको कलेजका निर्देशक प्राडा दयाराम लम्सालले जानकारी दिए । उनका अनुसार गत भदौ २२ गते ज्वरो...

कोरोना सङ्क्रमणबाट सिरहामा महिलाको मृत्यु

सिरहा / कोरोना सङ्क्रमणबाट सिरहामा आज थप एक महिलाको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दिपुर निवासी ३३ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलाय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए । लामो समयदेखि ज्वरो आइरहेका ती महिला जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमै पिसिआर परीक्षण गर्...

आइतबार थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं / आइतबार थप १०३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् ।

‘कोरोना सङ्क्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्ने’

वासिङ्टन / कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना भएको समस्या समाधान हुने तर समय भने लाग्ने पनि निश्कर्ष निकालेका हुन् । उनीहरुले कोरोनाका कारण समस्या सृजना भएक...

कोरोनाका कारण विश्वभरि नौ लाख २० हजारभन्दा बढीको मृत्यु

पेरिस / विश्वभरि कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म नौ लाख २० हजार १४४ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लगायतका विभिन्न निकायहरुले सार्वजनिक गरेका विवरणहरुका अनुसार विश्वभरि अहिलेसम्म दुई करोड ८६ लाख ७९ हजार १९२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहर...

काठमाडौँ महानगरमा पाँच हजार सङ्क्रमित

काठमाडौँ / काठमाडौँ महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ । हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना उपचाररत रहेको कामपाले जनाएको छ । कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार ४७१ जना अस्पतालमा उपचार गराइराखेका छन् भने एक हजार ५२४ होम आइसोलेसनमा र एक हजार २२७ जना संस्थागत आइसोलेसन...

कोरोना निको भएर घर फर्कने बढ्दै, थप ६ जनाको मृत्यु

काठमाडौँ / पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको तुलनामा सङ्क्रमण मुक्त भई घर फर्कनेको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि सङ्क्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको सङ्ख्या बढ्दै गएको हो । कोरोना निको हुनेको सङ्ख्या बढेसँगै ‘डिस्चार्ज’ दर पनि वृद्धि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्...

२४ घण्टामा एक हजार ७३६ ले कोरोना जिते

काठमाडौँ / पछिल्लो २४ घण्टामा देशभरमा एक हजार ७३६ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म सङ््क्रमण मुक्त हुनेको सङ्ख्या ३० हजार ६७७ पुगेको जानकारी दिए । नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने ६५ प्रतिशत पुगेका छन् । काठमाडौँ उपत्यकामा ३२६...

६३ सैनिकमा कोरोना पुष्टि

कैलाली / कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालीम केन्द्रका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा कोरोनाको पुष्टि भएको जानकारी दिए । तालीम शिक्षालयलका १२९ को नतिजा नेगेटिभ आएको जनाइएको छ । आज सेती प्राद...