हेमकर्णको पक्षमा जनलहर बढ्दै : इटहरीमा ५ सय बढि कार्यकर्ता काग्रेसमा प्रबेश

 

इटहरी । सुनसरी क्षेत्र नम्वर २ क का उम्मेदवार हेमकर्णको पक्षमा इटहरीमा जनलहर बढ्न थालेको छ । पौडेलले प्रदेशसभा सदस्यमा टिकट पाएर चुनावी मौदानमा होमिए सँगै इटहरीका १ देखि ५ र १६ देखि २० नम्वर वडामा काग्रेस पार्टी प्रवेश गर्नेहरुको संख्या बढ्दाे छ ।

इटहरी १६ र १७ तथा इटहरी अन्य वडाहरुमा समेत नेपाली काग्रेसमा प्रवेश गर्ने कार्यकर्ताहरुको संख्या बढी रहेको नेपाली कांग्रेस इटहरीका कार्यवाहक सभापति शिवराज दाहालले वताए । उनले भने हेमकर्णको उम्मेदवरी सँगै दैनिक पार्टी प्रवेश कार्यक्रम गदै आएका छौ । पछिल्लो केहि दिन यता मात्र करीव ५ सयको संख्यामा एमाले, माओवादी र राप्रपाबाट कार्यकर्ताहरु काग्रेसमा प्रवेश गरेको उनले बताए ।

मगंलवार मात्र इटहरी १७ मा माओवादीका वाईसिएल जिल्ला सदस्य तथा माओवादी प्रचार विभाग सदस्य रुद्र मगर सहित सय भन्दा बढि कार्यकर्ताहरु एकै दिन प्रवेश गरेका छन् ।  स्थानीय नेता पदम राईले भने काग्रेसमा प्रवेश गर्नेहरुको इटहरीमा जनलहर नै चलेको छ । यता हेमकर्ण पौडेलले भने आफुले कार्यकर्ताहरुको माया धेरै पाईरहको पठाए । मैले मेरो क्षेत्रमा धेरै माया पाएको छु । अन्यपार्टी छोडेर काग्रेसलाई सघाउँन आईरहेको भन्दै आफुले चुनाव जित्ने दावी समेत गरेका छन ।

 

तपाईको प्रतिक्रिया