स्वास्थ्य इटहरी नाराको साथ इटहरी रन शुरु

इटहरी । स्वास्थ्य इटहरी नाराको साथ इटहरी रन शुरु भएको छ । इटहरी स्थित एरिना टेलिभिजनको आयोजनामा प्रत्येक शनिबार बिहान इटहरी रन अभियान शुरु भएको हो । हप्ताको शनिबार बिहान ७ देखी इटहरीका सम्पूर्ण क्षेत्रका व्यक्तिहरु सहभागी भएर दौडमा सहभागीता जनाउने छन । अभियानको पहिलो दिन रोट्रयक क्लब र स्थानियवासीहरुको सहभागीतामा इटहरी रनको शुरुवात गरिएको थियो । इटहरी ९ स्थित हाटखोलाबाट जुटबिकास चौक सम्म २ किलोमिटरको रन पहिलो अभियानमा सञ्चालन आएको हो ।

क्रमश सहभागीताको संख्याको आधारमा ५ किलोमिटर सम्म रन आयोजना गर्ने बताइएको छ । पहिलो दिन ३२ जनाले इटहरी रनमा सहभागी जनाएका थिए । रनलाई नेपालका चर्चित फुटबल खेलाडी सुरेन्द्र तामाङ्गले रेफ्री गरेका थिए । इटहरीमा रहेका सबै क्षेत्रका व्यक्तिहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बिदाको दिन एक घण्टा दौडमा सहभागी बनाउन र बानी बासाल्न इटहरी रनको आयोजना गरिएको टेलिभिजनका प्रमुख समिर कार्कीले जानकारी दिएका छन ।

अबको शनिबार इटहरीका व्यवसायी र संघसंस्थाकाको सहभागीतामा रन आयोजना गरिने उनले बताए । पहिलो दिनको रनमा रोट्रयक क्लबका १० जना प्रतिनिधिको उपस्थिति रहेको थियो । साथै स्थानियवासी र बालबालिकाहरुको समेत रनमा सहभागी बनेका थिए । एरिना टेलिभिजनले इटहरीको स्वास्थ्यलाई दौडको माध्यमबाट जोड्ने कार्यको सबैले स्वागत गरेका थिए ।

यस्ता कार्याक्रम इटहरीमा निरन्तर्ता हुन आबश्यक रहेको दौडमा सहभागी भएकाहरुले बताएका छन । इटहरी रनलाई एरिना टेलिभिजनका प्रमुख समिर कार्कीले दौडीएर उदघाटन गरेका थिए । भोलीका दिनहरुमा इटहरी रनलाई एउटा राम्रो अभियानको रुपमा इटहरीमा माझ जोड्ने कार्कीको भनाई थियो ।

यस तथ्यमा कसैको पनि दुईमत हुन सक्दैन कि, कुनैपनि परिवर्तनकारी पक्षको अन्तरनिहीत शक्ति उसको जनादेशको भावनामा लुकेको हुन्छ। यदि जनादेशको संरचना जातीय प्रतिनिधित्व प्रकारको छ भने जातीय हितको सम्बद्र्धन नै त्यस पक्षको मूलभूत ध्येय हुनेछ।

योगेश दाहालबाट थप

एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

स्वास्थ्य चौकीमा औषधि अभाव

म्याग्दीमा बाख्रापालन

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

म्याजिक भ्यान पल्टियो

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

जिउँदो मानिसलाई मृत भन्दै दाहसंस्कार गर्न पशुपति आर्यघाटमा पुर्‍याएपछि…(भिडियो सहित)

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तपाईको प्रतिक्रिया