सुन्दरहरैचामा बिश्वकै ठुलो गार्इकाे प्रतिमा वन्ने

ईटहरी / मोरङ सुन्दरहरैचा ५ मा अवस्थित नयाँ वृन्दावन गौसालामा बिश्वकै ठुलो गार्इकाे प्रतिमा वन्ने भएको छ । धार्मिक पर्यटकिय क्षेत्रको रुपमा सुन्दरहरैचालाई विश्व सामु परिचित गराउन बिश्वकै ठुलो गाईको मुर्ती वनाईने सुन्दरहरैचाका मेयर शिव ढकालले वताएका छन् ।  सचिव दिनेश थयलीया र सह सचिव प्रुसोतम नेपाल लाई मेयर शिव ढकालले नयाँ वृन्दावन गौसालाको अवलोकन गराउदै धार्मीक पर्यटकिय क्षेत्रको रुपमा विकाश गर्नकोलागी आवस्यक सहयोग गर्न समेत आग्रह गरेका छन् ।

गत साउनमा आएको वढीले तथा बुढी खोलाको कटानका कारण उच्च जोखीममा रहेको यो धार्मीक क्षेत्र लाई वडाध्यक्ष राम रिजाल र मेयर शिव ढकालले त्तकाल समाधानको लागी तटवन्धको ब्यवस्था गराएका थिए । ढकालले मन्त्रालय बाट आएका सचिव लगाएतको टोलीलार्इ  यस क्षेत्रको दिर्घकालीन समाधानको लागी ध्याना कर्षण गराएका छन् । सुन्दरहरैचा हरेक काेणबाट सुन्दर रहेको तथा यस क्षेत्रलार्इ थप विश्व सामु चिनाउन गाईको प्रतिमा वनाईने वताएका हुन् । ढकालले गौ माता सँगको यस क्षेत्रमा पर पौराणीक काल देखीनै सम्वन्ध रहेको र यस क्षेत्रमा पण्डवहरुले पनि वनवासका वेला गौचरण गराउदै हिडेको ईतिहाँस रहेकाले पनि यहाँ गौ माताको प्रतिमा बनाईने वताएका छन् ।

बाढीका कारण कटानमा परेको यस क्षेत्रलार्इ जोगाउनको लागी नगरपालीकाले सक्दो सहयोग गर्ने तथा नगर परिसद नभएकाले पनि बजेट वाडफाडमा समस्या भएको भन्दै अव त्तकाल यो समस्या समाधान हुने बताएका छन् । वडामा बजेट नआएका कारण धेरे समस्या भएको भन्दै सवैलाई मिलेर नगरको विकाशमा जुट्न समेत आग्रह गरेका छन् ।

यता नेपाल सरकारका सचिव दिनेश थपलीयाले धार्मीक पर्यटकिय क्षेत्रको रुपमा विकाशहुदै गएको यो नयाँ वृन्दावन गौसाला लाई सक्दो सहयोग गर्ने वताएका छन् । थपलीयाले मेयरलाई गाईको प्रतिमा कस्तो र कत्रो वनाईने डिजाईन तयार गर्न वताउदै आफ्नो मातहतले भ्याएसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । थपलीयाले बुढी खोलाको कटानलाई न्युनिकरण गर्न आवसयक सहयोग गर्ने वताउदै ईटहरी उपमहानगरपालीका जोड्ने गरी बुढी खोला माथी झुलुगें पुलको ब्यवस्था समेत गर्ने वताएका छन् । थपलीयाले सुन्दरहरैचाका कार्यकारी गणेशराज कार्की लाई झुलुगें पुलको नक्सा तयारगरी आवस्यक लागतको विवरण निर्काल्न निर्देसन समेत दिएका छन् ।

यता नयाँ वृन्दावन गौसालामा एसियाकै ठुलो राधाकृष्णको मन्दीर निर्माणधीन अवस्थामा रहेको नयाँ वृन्दावन गौसालाका संरक्षक महाराज दिनवन्धु शास्त्रीले वताउनु भएको छ । यस स्थानमा कोटीहोम पनि लागी सकेको वताउदै यहाँ हरेक गोत्रको ऋषिको प्रतीमा पनि निर्माधिन रहेको वताउनु भएको छ ।

तपाईको प्रतिक्रिया