सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

भोजपुर । मृत अवस्थामा भेटिएका तीन बालबालिका घटनाका विषयमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धान शुरु गरेको छ ।  भोजपुर अरुण गाउँपालिकामा–३ प्याउलीका रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित सापकोटा तथा चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप फुयाँल म¥याङडाँडाको पोखरीमा गत असार १२ गते मृत अवस्थामा फेला परेका थिए ।

प्रहरी नायब उपरीक्षक दधीराम न्यौपाने नेतृत्वको टोलीले शुक्रबारबाट उक्त घटनाको अनुसन्धान शुरु गरेको हो । उक्त घटनाका सम्बन्धमा यसअघि क्षेत्रीय प्रहरी कार्यलयले अनुसन्धान गरिरहेका थिए । अनुसन्धान ढिला भएको भन्दै स्थानीयवासी आन्दोलित भएपछि अब भने केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाका विषयमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

घटनाका सम्बन्धमा सत्य, तथ्य र यर्थात वाहिर ल्याउन तथा अनुसन्धान प्रभावकारी बनाउनका लागि दबाब दिने उद्देश्यले स्थानीयवासी आन्दोलनका विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । अनुसन्धानलाई प्रभावकारी बनाउने हो भने आगामी सात दिनसम्म कुनै पनि विरोधका कार्यक्रम नगर्ने सघर्ष समितिका संयोजक राजकुमार खत्रीले जानकारी दिए । रासस

यस तथ्यमा कसैको पनि दुईमत हुन सक्दैन कि, कुनैपनि परिवर्तनकारी पक्षको अन्तरनिहीत शक्ति उसको जनादेशको भावनामा लुकेको हुन्छ। यदि जनादेशको संरचना जातीय प्रतिनिधित्व प्रकारको छ भने जातीय हितको सम्बद्र्धन नै त्यस पक्षको मूलभूत ध्येय हुनेछ।

योगेश दाहालबाट थप

एउटा अनौठो गाउँ- जहाँ हरेक ब्यक्ति करोडपति, तर गाउँ छोड्दाको दिन रोडपति

जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

स्वास्थ्य चौकीमा औषधि अभाव

म्याग्दीमा बाख्रापालन

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

म्याजिक भ्यान पल्टियो

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

जिउँदो मानिसलाई मृत भन्दै दाहसंस्कार गर्न पशुपति आर्यघाटमा पुर्‍याएपछि…(भिडियो सहित)

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

नवलपरासीमा बस दुर्घटना हुँदा ३२ जना घाइते

तपाईको प्रतिक्रिया