समाचार प्रभाव – बृद्ध दम्पत्तीको हुने भयो ब्यबस्थापन

 

बेलबारी । आफ्नै ९ सन्तान पराई भएपछि जंगलको बास भन्न्े शिर्षकमा पुर्वेली न्यूजमा समाचार प्रकाशित भएको २४ घण्टा नबित्दै बेलबारी वडा नम्बर ११ का वडाअध्यक्ष याम बहादुर पोख्रेल (राजन) र बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पाराजुलीले बृद्धबृद्धाको ब्यबस्थापनमा चासो देखाएका छन ।

उदयपुरको गाईघाटका ६५ बर्षीया भत्तमाया र पोख्रेल र चेत बहादुर पोख्रेल मोरङको बेलबारी १० र ११ नम्बर वडाको बिचमा रहेको भाउन्ने खोलाको बगरमा रहेको झाडीमा बिगत केही महिनादेखि कष्टकर रुपमा आफनो दिनचर्या बिताईरहेका थिए ।

सोमबार वडा कार्यलयमा भएको छलफलपछि उनीहरुका सन्तान,परिवार सँग कुराकानी भएको र उनीहरुलाई बाहुनीमा रहेको आफनै जग्गामा पठाईने र त्यसका लागी वडा कार्यलयले खर्च ब्यबस्थापन गर्ने वडाध्यक्ष पोख्रेलले बताएका छन ।

उदयपुरमा घरपरिवार भएका पोख्रेल दम्पत्ति सन्तानले नहेरेपछि लक्ष्मीमार्गमा रहेको पोख्रेलहरुको मन्दिरमा आएको र त्याहाँ पनि असहज भएपछि खोलाका किनारामा रहेको झाडीमा कष्टकर जिवन बिताउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया