विशाल कोल्ड स्टोरमा चोरी

बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका – ७ अन्नपूर्ण चौकमा रहेको खिलवहादुर कार्कीको विशाल कोल्ड स्टोरमा आज विहान चोरी भएको छ ।

क्लोड स्टोरको ताला फुटाएर नगद दुई लाख , ५० हजार रुपैयाँ वरावरको रिचार्ज कार्ड र अन्य सामग्री गरी तीन लाख ४३ हजार रुपैयाँ वरावरको धनमाल चोरी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

विहान ४ बजे प्रहरीलाई खवर हुनसाथ चोरीमा सम्लग्नको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया