विराटनगरको गौतमवुद्ध स्कुलमा आगलागी

मोरङ। विराटनगर महानगरपालिका-१३ स्थित गौतम बुद्ध बोर्डिंग स्कुलको शैक्षिक सामाग्री राखेको भवनमा शनिबार आगलागी भएको छ। विहान भवनको विधुत सर्ट भइ अचानक लागेको आगोले शैक्षिक सामाग्री तथा फर्निचर जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी तीन वटा दमकल तथा प्रहरी तालिम केन्द्र रानी, सशस्त्र प्रहरी गण मुका रानी, सिमा सुरक्षा कार्यालय रानी तथा वडा प्रहरी कार्यालय (क) बिराटनगरको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया