विद्युत् चोरी गर्ने आठजना पक्राउ

उर्लाबारी / विद्युत् चोरी नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले गए राति आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कर्यालय मोरङ, सशस्त्र प्रहरी र विद्युत् प्रधिकरणको संयुक्त टोलीले चेक जाँच गर्ने क्रममा जिल्लाको ग्रामथान गाउँपालिका–२ बाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–२ बस्ने रञ्जित मण्डल, आशाराम माझी, बिल्लु पोदार, वीरनारायण भगत, श्रवणकुमार माझी, अजित माझी, श्यामकुमार माझी, र बिजुली माझी रहेका छन् । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया