वन फडानी बारे छानविन गर्न समिति गठन

पथरीशनिश्चरे । जिल्ला वन कार्यालय मोरङले पशुपति सामुदायिक वनका पदाधिकारी र सेक्टर वन कार्यालयको मिलोमतोमा अनाधिकृत रुपमा सालका लकडी कटान गरिएको विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

जंगल क्षेत्रबाट अनाधिकृत रुपमा रुख कटान गरी घाट गद्धीमा राखिएको करिब ५५ लाख मूल्य बराबरको सखुवाको काठको बिषयमा मंगलबार समाचार सार्बजनिक भएको थियो । त्यस लगतै जिल्ला वन कार्यालयले छानबिन टोली गठन गरेको हो । सेक्टर वन कार्यलय बेलबारीका प्रमुख सहायक वन अधिकृत शत्रुधन देवको संयोजकत्वमा छानविन समिति गठन गरी छानवीन टोलीले बुधबारदेखि आफनो काम सुरु गरेको छ ।

जिल्ला वन अधिकृत डा. विनोद देवकोटाले छानविन टोलीले उक्त सामुदायक वनको घाटगद्वीमा राखिएको सम्पूर्ण लकडी, जंगलमा कटान सुरु गरिएको पनि लगत लिने काम गर्नेछ । यथाशीघ्र प्रतिवेदन बुझाउन गरी गठन गरिएको छानवीन समितिमा जिल्ला वन कार्यालका सहायक वन अधिकृत सरोजकुमारी कोइराला र कार्यालयका प्रशासक रोहित नेपाल रहेका छन ।
छानविन समितिले यथाशीघ्र प्रतिवेदन कार्यालयलाई बुझाएपछि उनीहरुलाई प्रचलित वन ऐन अनुसार कारबाही गरिने जिल्ला वन अधिकृत देवकोटाले बताए ।

सामुदायिक वनका पदाधिकारीले रुख कटानको लागि आवश्य प्रकृया पुरा गरेको देखिदैन उनले भने, ‘जिल्ला वन कार्यालयको विना अनुमति रुख कटान गर्नु अवैधानिक हो ।’ पथरीशनिश्चरे नगरपालिका १० स्थित पशुपति सामुदायिक वनका पदाधिकारी र सेक्टर वन म.गलबारेमो मिलोमतोमा वन क्षेत्रबाट सालका लकडी कटान गरेको समाचार सार्वजनिक भएको थियो । वन क्षेत्रबाट रुख कटानका लागि सेक्टर वन कार्यालयबाट सिफारिस लिएको भएपनि जिल्ला वन कार्यालय विना अनुमतिमा रुख कटान गरिएको थियो ।

सेक्टर वनले १८ सय ४२ किवी लकडीका लागि सामुदायिक वनलाई रुख कटानको लागि अनुमति दिएको पाइएको थियो । सामुदायिक वन क्षेत्रमा समेत रुख कटानका लागि वन मन्त्रालयमार्फत सम्बन्धित जिल्ला वन कार्यालयलले अनुमति दिनुपर्ने कानुनी प्रावधान छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया