लुकाईछिपाई लगाईएको १२ कठ्ठाको गाजा फडानी

सिरहा । विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई सिरहा प्रहरीले निरन्तरता दिएका छन् । आज (शनिवार) विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाबाट खटिएको प्रहरीको संयुक्त गस्ति टोलीले मिर्चैया नगरपालिका बडा नं. ९ सुन्दरपुर र ननुवा भन्ने ठाउँमा अबैध रुपमा लगाईएको करिब १२ कठ्ठाको गाजा खेति फडानी गरि नष्ट गरिएको छ ।

अबैध रुपमा लुकाईछिपाई बडाको बिभिन्न स्थानमा लगाईएको करीब १२ कठ्ठाको ४ हजार अबैध गाँजाका बोट फडानी गरी नष्ट गरिएको ईलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्य बताए ।

गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकोले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने डिएसपी बज्राचार्यले बताए ।  गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने उनले वताए ।

तपाईको प्रतिक्रिया