लखनपुरमा बाल महोत्सव हुने

दमक, ३ माघ । झापाको लखनपुरमा तीन दिने बाल महोत्सव हुने भएको छ । बालबालिकाको क्षमता, विकासँगै उनीहरुको अधिकार संरक्षण गर्ने उद्देश्यले स्थानीय उज्यालो बाल क्लबको आयोजनामा यही माघ १४ गतेदेखि १६ गतेसम्म प्रथम बाल महोत्सव हुने भएको हो ।

स्थानीय आदिवासी रङ्गशालामा हुने महोत्सव देशकै पहिलो बाल महोत्सव हुने आयोजकको दाबी छ ।  बाल महोत्सवमा बाल फोटो प्रदर्शनी, स्वास्थ्य शिविर, बाल उद्यान तथा मनोरञ्जनात्मक खेल प्रदर्शनी, जादु, कला, विज्ञान प्रविधि सम्बन्धी प्रदर्शनीलगायतका स्टल रहने महोत्सव मूलआयोजक समितिका संयोजक सन्तोष भण्डारीले जानकारी दिनुभयो ।

महोत्सवमा विद्यार्थी, अभिभावक, बाल समूह, कलेजका विद्यार्थी सहभागी हुने छन् । महोत्सवका लागि १२ वटा उपसमिति बनाएर तयारी भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया