रामधुनीमा दिनदाहाडै मोटरसाईल  चोरी : प्रहरी चाैकी नहुदा चाेरीका घटना बडदै

इटहरी ।   सुनसरीको रामधुनीमा अवस्थित झुम्का एफ.एममा कार्यरत पत्रकार निशान प्रकृतिको मोटरसाईकल सोमवार साँझ ७ बजे अज्ञात व्यक्तिहरुले चोरी गरी फरार भएका छन । कार्यालय परिसरमा राखेकाे यामाहाको FZ को.२० प. ३३९० नम्बरको मोटरसाइकलको लक फुटाएर चोरी गरी फरार भएका हुन । नियमित रुपमा कार्यालय परिसरमा पाकिंङग गरी राखिएको आफनो काम सकेर बाहिरिदा वाइक चोरी भएको पत्रकार निशान प्रकृति बताएका छन ।

चोरी लगतै इलाका प्रहरी कार्यालय पकलीलाई खवर गर्दा पनि अहिले सम्म कुनै अतो पतो नलागेको प्रकृति बताए । चोरी लगतै खोजी कार्य सुरु गरिएको र सुनसरीका सबै पोष्टहरुमा मोटरसाईकलको नाम, नम्बर टिपाई सकिएको खोजी कार्य तीव्र बनाएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अम्बर बहादुर निरौलाले बताएका छन ।

 रामधुनी नगरपालिका भएको ३÷४ वर्ष विति सक्दा पनि स्थायी रुपले प्रहरी चौकीको स्थापना नहुनु दिन दाहादै चोरी डकैती हुने गरेको स्थानीय वासीको भनाई रहेको छ । स्थानीय निर्वाचन सकिएको सय दिन पुग्दा सम्म पनि निर्वाचित जनप्रतिनिधिले दिगो शान्ति, सुरक्षाको लागि स्थायी प्रहरी चौकी निमार्णमा पहल नगर्नु एवम चासो नदेखाउनुका कारण चाेरिका घटनाहरू बढदै गएकाे स्थानीयहरू बताउछन ।

तपाईको प्रतिक्रिया