राप्रपा पाँचथरले २९६ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवश मनायो

पाँचथर, पौष २८ / राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचथरले २९६ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवश मनाएको छ । फिदिम स्थित जिल्ला समन्वय समितिको सभाहलमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै पार्टीका केन्द्रीय सदस्य सुनिता कुरुम्बाङले नेपाललाई अखण्ड राख्न पृथ्वीनारायण शाहले पु¥याउँनुभएको योगदानलाई कसैले पनि भुल्न नहुने बताउँनुभयो ।

अहिले स–साना कुरालाई लिएर पनि समाज बिभाजनको दिशातर्फ उन्मुख भइरहेको अवस्थामा पृथ्वीनारायण शाहको नेपाल एकिकरणको महान अभियानले आज हामीलाई एकताको शुत्रमा शुत्रबद्ध हुन प्ररणा दिने बताउँनुभयो ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तेज कुमार कुरुम्बाङ, नेता छबिरमण सुवेदी लगायतले पनि बोल्नुभएको थियो । कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचथरका राम बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया