यस्ताे छ धरान स्थित शिवजट्टाकाे धार्मिक तथा ऐतिहासिक महाेत्व

धरान / धरान उपमहानगरपालिका भित्र मात्र दर्जनौ भन्दा बढी पर्यटकीय स्थल रहेका छन् । तर उपमहानगरपालिकाले यस क्षेत्रको पहिचान गरी विकास गर्न भने सकेको छैन । धरान  विष्णुपादुका गाविस तथा पाचकन्या गाविस गाभेर उपमहानगरपालिका बनेपछि तराई तथा पहाडका अत्यन्तै महत्वपूर्ण ऐतिहासिक पर्यटकीय क्षेत्रहरु धरान उपमहानगरपालिकामै पर्ने गरेको छ । तर पनि उपमहानगरपालिकाले यस्ता क्षेत्रको पहिचान गर्न नसकेको स्थानीयहरु गुनासो गर्ने गरेका छन् ।

साविकको पाचकन्या गाविस तथा हालको धरान उपमहानगरपालिका वडा नं. ४ मा पर्ने शिवजट्टा धार्मिक ऐतिहासिक क्षेत्रको रुपमा लिने गरिएको छ । सत्ययुगमा महादेवले शतिदेवीको मृत शरीर बोकेर हिड्ने क्रममा यस क्षेत्रमा शतिदेवीको पीठ झरेको र महादेवले यही झर्नामा नुहाएको किवन्दीका आधारमा यस गाउको नाम नै शिवट्टा रहन गएको स्थानीयहरुको भनाई छ ।

धरान उपमहानगरपालिकाभित्रै पर्ने यस स्थानमा पुग्न धरानको मुख्य चौक भानुचौकबाट ५ किमीको पूर्व उत्तर कच्ची बाटो तय गर्नुपर्ने हुन्छ । ऐतिहासिक क्षेत्र भएकै कारण यस ठाउमा महादेवको मन्दिर छ तर संरक्षणको अभाव छ भने प्रमुख आकर्षकका रुपमा शिवजट्टा झरना रहेको छ । २५ घरधुरी रहेको शिवजट्टा गाउ समय अनुसार पाचकन्या गाविसबाट धरान उपमहानगरपालिकामा त गाभियो तर विकासले भने कुनै गति नलिएको स्थानीय शुभलक्ष्मी राई बताउनुहुन्छ ।

पछिल्लो समय शिवजट्टाको धार्मिक महत्वलाई बुझेरै होला त्यहा वाहय पर्यटक भन्दा पनि आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । विशेषत स् शिवजट्टा झर्नामा रमाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको स्थानीय गंगाप्रसाद राई बताउनुहुन्छ । प्रचारप्रसार र प्रर्याप्त बजेट नभएकै कारण शिवजट्टामा सोचेजस्तो पर्यटक आउन नसकेको उहाको भनाई छ ।

रमणीय झरना हेर्न झरनामा खेल्नकै लागि अहिले पूर्वका विभिन्न स्थानबाट यस ठाउमा आउने गरेका छन । त्यहा आउने पर्यटकहरुले झरनाको मनोरम दृश्यले मनै लोग्याउने गरेको बताउने गरेका छन् । विगतमा धरानदेखि नै पैदलै हिड्नुपर्ने बाध्यता भए पनि अहिले भने कच्ची सडक निर्माण भएका कारण दुईचक्के मोटरसाइकल तथा तीनचक्के टेम्पोसम्म त्यस स्थानमा पुग्न थालेको छ । यसले गर्दा टेम्पो चालकहरुलाई समेत मनग्य आम्दानि हुने गरेको टेम्पो चालकहरु बताउछन् । बाटो अफ्ठरो भएका कारण धेरै आन्तरिक पर्यटकलाई यहासम्म ल्याइ पु¥याउन धेरै सास्ती भोग्नु परेको बताउदै बाटो निर्माण भए अझ यस स्थानर्मा आउनेको संख्यामा वृद्धि हुने टेम्पो चालक रोमस बस्नेत बताउनुुहुन्छ ।

धरानको सम्पत्ति भएर पनि धरान उपमहानगरपालिकाले यस क्षेत्रको विकासमा खासै ध्यान नदिएको भएपनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने यस क्षेत्रको विकासका लागि बार्षिक २ लाख रुपैया दिने गरेको छ । खानेपानीको सम्पूर्ण आपूर्ति बीपीले शिवजट्टाबाट गर्ने गरेको छ । यस ठाउको विकासमा धरान उपमहानगरपालिका लाग्ने हो भने धरानलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने उपमहानगरपालिकाको योजना साकार हुने निश्चित छ । होइन भने योजना योजनामै सीमित नहोला भन्न सकिन्न ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानमा १२ जना क्रियापुत्रीले गरे मतदान (भिडियाे सहित)

बिजयपुरलार्इ नमुना बस्ती बनाउन सरसफाइ अभियान

शनिवार धरानमा बिशाल रथयात्रा गरीने

धरानका मुन्धुमविद भरत दम्पतिकाे सवारी दुर्घटनामा मृत्यु

धरानका जनता भन्छन् खानेपानी, नेता भन्छन् राजधानी

धरानमा दोस्रो पुष्प प्रदर्शनी मेला लाग्ने

इटहरीमा सेलाउन नपाउदै धरानमा अर्काे बम बिस्फाेट

धरानबाट बिप्लवका कार्यकर्ता पक्राउ

सुनसरी १ बाम गठबन्धनकाे घाेषणापत्र – धरानमा एयरपाेर्ट निर्माण देखि प्रदेशकाे राजधानी सम्म्

धरानमा नेपाल भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक : सिमामा कडार्इ देखी शुरक्षा ब्यवस्था कडा गरीने

तपाईको प्रतिक्रिया