मौन अबधिमा एमालेको प्रचारप्रसार गर्ने वडाअध्यक्ष पक्राउ (भिडियाे सहित)

बिराटचौक । मौनअबधिमा निर्बाचन प्रचारप्रसार गरेको आरोपमा मोरङको सुन्दरहरैचा १ का वडाअध्यक्ष बिनोद बस्नेत पक्राउ परेका छन । निर्बाचनको अघिल्लो दिन बुधबार नेकपा एमालेको निर्बाचन प्रचारप्रसार गरेको भन्दै उनलाई तरुणदल र नेपाल बिद्यार्थी संघका युवाहरुले पक्राउ गरी इलाका प्रहरी कार्यलय बेलबारीमा बुझाएका छन ।

बस्नेतले पचाम टोलमा गाँउलेहरु भेला पारेर मन्दिर बनाउँछु,बिकास गरिदिन्छु भन्दै भोट माग्दै गरेको अबस्थामा उनलाई नेपाल तरुण दलका सुन्दरहरैचा अध्यक्ष प्रकाश मास्के र नेबिसंघका क्षेत्रीय अध्यक्ष होमनाथ पोख्रेल सहितको टोलीले पक्राउ गरी प्रहरीमा बुझाएको उनीहरुले बताएका छन । बस्नेतलाई छुटाउन इलाका प्रहरी कार्यलय बेलबारीमा स्थानीय नेताहरु पुगेका छन । बस्नेत स्थानीय निर्बाचनमा सुन्दरहरैचा १ मा एमालेका तर्फबाट निर्बाचित वडाअध्यक्ष हुन ।

तपाईको प्रतिक्रिया