मोरङका एसपीलाई बधाई तथा विदाई

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा बुधवार प्रहरी बरिष्ठ उपरिक्षक पदमा बढुवा भएका मोरङका एसपी अरुणकुमार विसीलाई बधाई तथा विदाईको कार्यक्रम गरिएको छ ।
सुन्दरहरैंचा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रहरी उपरिक्षक पदबाट बरिष्ठ उपरिक्षकमा बढुवा भएर विराटनगरबाट काठमाण्डौमा सरुवा भै जान लागेका विसीलाई एक कार्यक्रमका बिच प्रशंसापत्रद्धारा सम्मान सहित बधाई तथा विदाई गरिएको छ ।

नगरप्रमुख शिवप्रसाद ढकालको सभापतित्वमा सो कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख ढकालले नेपाल प्रहरीको गौरवमय संगठनमा रहि मोरङ जस्तो संवेदनशील तथा धेरै चुनौतीहरु रहेको जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी वहन गदै विविध सकारात्मक कार्यलाई सफलता पूर्वक सम्पन्न गरि जिल्लामा शान्ति सुरक्षा सुव्यवस्था कायम राखी अपराध रोकथाम तथा नियन्त्रणमा वि.सी.ले खेलेको भूमिका अत्यान्तै सराहनीय भएको बताए । बधाई तथा विदाईको कार्यक्रममा नगर उपप्रमुख धनमाया तामाङ, कोसीहरैंचा उवासंघका अध्यक्ष नवराज चापागाई, सुन्दरदुलारी उवासंघका अध्यक्ष किशोर कार्की लगायतले बोलेका थिए ।

Purbeli TV

तपाईको प्रतिक्रिया