मोबाईल पसलमा आगलागी हुँदा ९ लाखको क्षति

  • मिकाइल आलम

इनरुवा । सुनसरीको बरहा नगरपालिका ६ चक्रघटी स्थित रहेको एक मोबाइल पसलमा आगलागी हुँदा ९ लाख बराबर क्षति भएको छ । गएराती १२ बजेतिर विद्युत सर्ट भइ स्थानीय सुमन राउतको एस.के.मोबाईल इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा ९ लाखको क्षति भएको हो ।

विद्युत सर्ट भइ आगलागी हुँदा पसलमा रहेको दुई वटा क्यामपुटर,एउटा ल्यापटप,२० वटा नयाँ मोबाईल,५ सय बढी मोबाइलको ब्याट्री लगायत जलेर नस्ट भएको पसल संचालक सुमन राउतले जानकारी दिए ।

सोही आगलागीमा स्थानीय नारायण दाहालको कस्मेटिक पसल समेत जलेर नस्ट भएको छ । आगलागी लाई स्थानीयवासी,प्रहरी, इनरुवा नगरपालिका तथा इटहरी उपमहानगरपालिका बाट आएको दमकलले नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया