मोटरसाइकल र जीप ठोक्किँदा चालकको मृृत्यु

डोटी / भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका– ७, बुडरमा नेपालगञ्जबाट बाजुरातर्फ गइरहेको बा १६ च ८७८२ नंको स्कार्पियो जीप र विपरीत दिशाबाट आइरहेको से १ प ७७०५ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुडरका अनुसार भीमदत्त नगरपालिका–२ उल्टाखाम महेन्द्रनगर घर भई बुडरस्थित कुखुरा फार्ममा कार्यरत राजेश विष्टको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

PURBELI TV

तपाईको प्रतिक्रिया