मिर्चैयामा वृद्ध माथी छुरा प्रहार

 सिरहा / मिर्चैया नगरपालिका ४ कुथनमामा गएराति एक जना बृद्ध माथी छुरा प्रहार भएको छ । छुरा प्रहारले स्थानिय करीब ५० बर्षीय राम अबतार महतो गम्भिर घाइते भएका छन् ।

घाइते महतोको स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बिपी कोइराला स्बास्थ्य बिज्ञान प्रतिष्ठान धरान रेफर गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए ।

छुरा प्रहार गरेको आरोपमा स्थानिय २ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए ।

पक्राउ परेकाहरुको नाम गोप्य राखिएको छ । छुरा प्रहार आपसी झै– झगडाको कारणले भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

तपाईको प्रतिक्रिया