मिर्चैयामा मगर संघको शुभकामना

 सिरहा । माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ सिरहाले शुभकामना आदान प्रदान कार्यक्रम शनिवार सम्पन्न गरेको छ । मिर्चैया नगरपालिका ६ स्थित भएको कार्यक्रममा मगर जातिको पहिरण, सांस्कृतिक प्रस्तुतिको साथै शुभकामना अदान प्रदान गरिएको थियो ।
नेपाली लोक सांस्कृतिको बिकास तथा संरक्षण र सम्बद्धन गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय नाच घर काठमांडौैका कालाकारहरुले लोक सांस्कृति झल्कने सांगितिक प्रस्तुति गरेका थिए ।

कार्यक्रममा माघे संक्रान्ति पर्वको महिमा तथा मगर समुदायको बारेमा चर्चा गरिएको थियो । मगर समुदायले माघे संक्रान्तिलाई मुख्य पर्वको रुपमा मनाउने गदर््छन् । नेपाल मगर संघ सिरहाका अध्यक्ष कारीमान पुलामी मगरको अध्यक्षता र संघका केन्द्रिय उपाध्यक्ष कमलपिठा कोठेमगरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रामजर्घा मगर, रेशम थापामगर, लिलबहादुर बलम्पाकी र गणेश आलेमगर लगायतका सहभागिता रहेको मगर समुदायका अगुवा श्रबण बल्मपाकी मगरले बताए ।

जाडोले थप एकको मृत्यु

पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एक महिलाको मृत्यु भएको छ । गएराति अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर लहान नगरपालिका ६ बस्ने ६५ वर्षीया सितादेवी भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जानएको छ ।
यो सँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

तपाईको प्रतिक्रिया