माेरङकाे पथरीशनिश्चरेमा माेटरसाईकल दुर्घटना : १ काे मृत्यू

पथरी / महेन्द्र राजमार्ग अन्तरगत माेरङकाे पथरीशनिश्चरेमा माेटरसाईकल दुर्घटना भएकाे छ । पश्चिमबाट पुर्व अाउदै गरेकाे माेटरसाइकल पथरीशनिश्चरे १० डास खाेलामा राेकिएकाे ट्याक्टरमा ठाेकीदा माेटरसाइकलमा सबार १ काे मृत्यू भएकाे छ भने १ घाईते  भएका छन्।  बेलुका ८:१५ बजे भएकाे उक्त दुर्घटनामा पथरीशनिश्चरे ५ का हरिबहादुर केसीकाे घटनास्थलमै मृत्यू भएकाे छ भने रेवत खड्का घाईते भएका छन । 
मृतक हरि बहादुर केसिकाे शव अाफ्नत अाई सनाखत भए पछि पाेष्टमाटमकाे लागि मंगतबारे स्वास्थ चाैकी लगिएकाे र घाईते रेवतलाई न्यूराे हस्पिटल बिराटनगर लगिएकाे ईलाका प्रहरी कार्यालय पथरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया