मतदाता सङ्कलन जारी

विराटनगर, ४ माघ । तस्बिरसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य आजदेखि सात नगरपालिकामा सुरु भएको छ ।
सो काम विराटनगर उपमहानगरपालिका र पचास गाविसमा सोमबार सम्पन्न भएको थियो । मतदाता सङ्कलन कार्यक्रमअन्तर्गत अहिलेसम्ममा आठ हजार छ सय ६५ नयाँ मतदाता म थपिएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

यस पल्ट तस्बिरसहितको मतदाता सङ्कलन, अद्यावधिकका साथै प्रकाशित नामावलीमाथि दाबी विरोध गर्ने पनि व्यवस्था रहेको कार्यालयका प्रमुख प्रेम सन्जेलले बताउनुभयो ।

विसं २०७० मा जारी गरिएको मतदाता सूची पनि विभिन्न वडामा टाँसिएकाले नाम सच्याउने वा दाबी विरोध गर्न पाइने छ । आजदेखि सुरु भएको सात नगरपालिकाका प्रत्येक वडामा टोलीले काम सुरु गरेको छ । यही माघ २४ गते मतदाता सङ्कलन हुने कार्यालयले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया