बिश्वप्रकाश र कबिताको ‘भ्यालेन्टाइन डे’

झापा, फागुन २ / आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस । कतिपय युगल जोडीले आपसमा माया र स्नेह साटासाट गर्दै यो दिवस मनाएका छन् त कतिपय तरुण – तन्देरीले प्रेमको प्रतिक मानिएको रातो गुलावको फूल आपसमा आदन प्रदान गरेर यो दिवस मनाएका छन् । तर, नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्मा र उहाँकी श्रीमती कविता शर्माले ‘भ्यालेन्टाइन डे’ फरक तरिकाले मनाउनु भएको छ ।

झापा मेचीनगर घर भएका शर्मा दम्पत्तीले दक्षिणी झापाको कचनकवल गाउँपालिका निवासी २८ वर्षीया निर्मलादेवी गणेशलाई रक्तदान गर्दै यो दिवस मनाउनुभएको हो । प्लेटलेटको मात्रा कम भएर बिर्तामोडस्थित वीएण्डसी अस्पतालमा उपचाररत गणेशलाई शर्मा दम्पत्तीले रक्तदान गर्दै यो दिवस मनाउनु भएको हो । गणेशलाई ओ पोजेटिभ रगत आवश्यक परेको थाहा पाएर शर्मा दम्पत्तीले अस्पताल आएरसंगै रक्तदान गर्नुभएको थियो ।

गणेशलाई अझैं १० पिन्ट रगत आवश्यक परेको भन्दै शर्माले सामाजिक सञ्जाल फेसवुक मार्फत ओ पोजेटिभ रगत दान गरेर उहाँको जीवन बचाउन आग्रह समेत गर्नुभएको छ । उहाँले फेसवुक मार्फत नै रक्तदान गर्न चाहनेले बिर्तामोडमा रहेको ब्लड बैंकको टेलिफोन नम्वर ०२३–५४१८३३ मा सम्पर्क गरेर रक्तदान गर्न आग्रह गर्नुभएको छ ।

शर्मा मात्र होइन विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले पनि प्रणय दिवस फरक तरिकाले मनाउनुभएको छ । बिर्तामोडस्थित हनुमान सेन्ट्रलमा आयोजना गरिएको भ्यालेन्टाइन डे विशेष कार्यक्रमका प्रमुख अतिथि बन्नुभएका भट्टराईले श्रीमती सीतालाई स्टेजमै बोलाएर रातो गुलावको फूल प्रदान गर्दै यो दिवस मनाउनु भएको हो ।

भट्टराईले श्रीमती सीतालाई स्टेजमै बोलाएर गुलवको फूल दिँदै भन्नुभयो – मेरो हरेक पाइलामा साथमा दिने सीताजीलाई यो फूल ग्रहण गरिदिन आग्रह गर्दछु ।’ उहाँले थप्नुभयो – यो प्रेम साट्ने एउटा प्रतिक मात्र हो, प्रेमी प्रेमीका वीचमा खास प्रेम भयो भने मानिस जिन्दगी सबल बन्छ ।

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

दाताले दिएको करोडौंको जग्गा अतिक्रमण

बिश्वप्रकाश र कबिताको ‘भ्यालेन्टाइन डे’

बाली र पशुधन सुरक्षणका विषयमा अनभिज्ञ छन् झापाका किसान

गाउँको मुहार फेर्दै पूर्वसैनिक (तस्विरहरू सहित)

दक्षिणी झापामा भारतीय पक्षले सिमा मिच्दै सडक निर्माण कार्य तीव्र (भिडियाे सहित)

नेपालमा प्रतिवन्धित आयुर्वेद औषधिसहित तीन पक्राउ

विद्यालयमा विहे ! एकै दिन पाँच जोडीले कसे लगनगाठो (तस्विरहरू सहित)

झापाका २४ जना उम्मेदवारले अझैं बुझाएनन् खर्च विवरण

स्वर्गीय मदन ढकाललाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

झापाकाे दमकमा दुर्इ बस जुद्धा चालक सहित १२ घाइते

तपाईको प्रतिक्रिया