बाबुले पैसा नदिँदएको झोँकमा छोराले लगाए आफनै घरमा आगो

बेलबारी । मोरङको बेलबारी ८ मा बाबुछोरा बिच झगडा हुँदा आफनै छोराले घरमा अगाो लगाएका छन । बेलबारी ८ का केवललाल राजबंशीका छोरा कुमार राजबंशीले बुबा सँग घरायसी बिषयमा बिवाद हुँदा घरमा आगो लगाएका हुन । आगलागीबाट टिनको छानो गरेको एक तले घर जलेर नष्ट भएको छ । मारुती गाडी किन्न छोराले पैसा मागेको र बाबुले पैसा नदिएको झोँकमा कुमारले आगो लगाएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामजी कट्वालले बताए ।

घर जल्दा करिब ३ लाख बराबरको क्षति भएको छ । घरमा आगो लगाउने कुमारलाई भने प्रहरीले नियनत्रणमा लिई सकेको छ । कुमारका घरमा बाबु उनकी श्रीमति र छोराछोरी रहेका छन ।

तपाईको प्रतिक्रिया