फाेकस नेपालद्वारा इटहरीका यवसायी भुषाल सम्मानित

इटहरी । काठमान्डाैं स्थित फाेकस नेपालले  प्रिमियर हाेटल स्कुल इटहरीका सञ्चालक तथा युवा ब्यवसायी सुनिल कुमार भुषाललार्इ एक समाराेहबिच सम्मान गरेकाे छ ।  पर्यटन तथा समाजसेवा बिशेष याेग्दान पूर्याएकाे भन्दै फाेकस नेपालले  बिशेष सम्मान समाराेहमा इटहरीका ब्यवसायी भुषाललार्इ सम्मान गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि नेपालका रक्षा मन्त्री भिमसेन दास, बिना बिभागिय मन्त्री महेन्द्र बहादुर साही र साे संस्थाका अध्यक्ष रामचन्द्र पाेख्रेलले ब्यवसायी भुषाललार्इ सामुहिक रूपमा दाेसल्ला अाेढाइ सम्मान पत्रकासाथ सम्मान गरीएकाे थियाे ।

सम्मान ग्रहण गर्दै इटहरीका ब्यवसायी भुषालले अाफुले पाएकाे उक्त सम्मानले समाजमा ढृड संकल्प बाेकेर काम गर्न थप उर्जा प्रदान गरेकाे बताउदै सामाजिक संस्था फाेकस नेपाललार्इ धन्यवाद दिएका थिए ।

 

तपाईको प्रतिक्रिया