प्राध्यापक डा.गोपाल भण्डारीको संघर्ष कथा : सकृिय समाजसेवि देखि कुशल नेतृत्वकर्ता सम्म

  • मौसमी कार्की

धरान । तङ्खुवा१ धनकुटामा जन्मलिएर बर्षाैदेखि सुनसरिको धरानलाई कर्मथलो बनाइ सिंगो राष्ट्रमा बेग्लै पहिचान बनाउन सफल प्राध्यापक डा.गोपाल भण्डारीको दिनचर्या आजभोली बदलिएको छ । बिगत लामो समयदेखि साहित्यिक क्षेत्रमा कलम चलाउदै आउनुभएका प्रा.डा .भण्डारीको चर्चा अहिले धरानमा मात्र हइन सिंगो एक नं प्रदेश हुदै राष्ट्रमा पनि उत्तीकै रहेको छ ।

आफुलाई प्राध्यापक संगै समालोचक भन्न रूचाउने डा. भण्डारीको जिवनी कसैकोलागि प्रेरणा दायक बन्न सक्छ भने कसैकोलागि संघर्षको ब्यथाहरू संगै कुसल नेतृत्वकर्ता पनि बन्न सक्छ । वि.सं २००९ साल पौष ९ गते धनकुटाको तङखुवा १ मा जन्मनुभएका प्रा.डा भण्डारीको बाल्यकाल त्यहाको हरियाली र डाडाकाडासंगै रमाउदै बितेको सुनाउनुहुन्छ ।

एसएलसी सम्मको शिक्षा धनकुटाको स्थानीय बिद्यालयबाट सकेर धरान झर्नुभएका प्रा.डा भण्डारीले उच्च शिक्षा पनि धरानबाटै प्राप्त गर्नुभयो । नेपाली विषयमा स्नातकोत्तर गरि वि .सं २०३५ देखि सहायक प्राध्यापकको रुपमा त्रि.वि बाटै विधावरिधि समेत प्राप्त गर्नुभएका डा.भण्डारी वि .सं २०६५ सालमा प्राजिक क्षेत्रका सर्वाेच्च प्राध्यापक पदमा पदोन्नति समेत हुनुभयो ।

उहाले सहायक प्राध्यापक हुदै खेरी निस्कृय भएको नेपाल प्राध्यापक संघलाई पुनजागृत गराउन बिशेष भुमिका निर्वाह गरी त्यस्लार्इ सकृिय  बनाउन सफल हुनुभयो त्यसपछि उहाको चर्चा एकाएक चुलियो । प्राध्यापक भण्डारिले क्याम्पस एकाई समितिमा सदस्य ,कोषाध्यक्ष र सचिवको रुपमा निर्वा्चित हुदै २०५८(२०६२ को दौरानमा नेपाल प्राध्यापक संघको केन्द्रिय सदस्यको रुपमा समेत निर्वा्चित हुनुभयो ।

जिवनमा धेरै संघर्ष गरेको बताउनुहुदै पा.डा भण्डारीले चारदशक त्रि .वि र राष्ट्र सेवामा आफुलाई समर्पण गरेको बताउनुहुन्छ ।पूर्वि नेपालमा आफुलाई कुशल नेतृत्वकर्ता संगै एक लोकप्रिय कवि ,लेखक तथा समालोचकको नामले चिनाउन चाहने डा भण्डारी बरिस्ठ साहित्यकारको नामले पनि चिनिनुहुन्छ ।

नेपाली साहित्यका विविध फाँटमा आफ्नो सुललित हस्ताक्षर अङ्गित गर्ने ख्यातिप्राप्त समालोचको रूपमा पनि चिनिदै आउनुभएका प्रा भण्डारी हाल धरानका बहुचर्चित सामाजिक संस्थाहरूको कुशल नेतृत्वकर्ता समेत हुनुहुन्छ । उहा लक्ष्मि वाचलनालय र महानन्द स्मृति प्रतिष्ठानका सभापति हुनुहुन्छ भने नेपाल लेखक संघ सुनसरिका अध्यक्ष समेत हुनुहुन्छ । त्यसैगरी धरानका लिटरेरि एशोसियशनका अध्यक्ष लगायत अन्य दर्जनौ सामाजिक संघ संस्थाहरूमा पनि उत्तीकै कृयाशिल हुनुहुन्छ ।

उहाँले भानुभक्तिय नेपाली काव्य , समालोचनाका बान्किहरु ,भिन्न (भिन्न दृष्टिकोण ,धरान नगरी , नाभिकिय समलोचना जस्ता महत्वपूर्ण कृतिहरु प्रकाशन गरिसक्नुभएको छ । उहाका केही कृतिहरूले त्यो समय धेरै प्रशिद्ध बनेका थिए भने त्यहि प्रशिद्धिले उनलाई नविन नाम पनि उपलब्ध गराएर सधैकालागि साहित्यकार बनाएको थियो ।

तपाईको प्रतिक्रिया