प्रहरी हस्तक्षेप बिरुद्ध पथरीमा चक्काजाम (फाेटाे फिचर सहित)

 
पथरी । स्वास्थ्य शिविरमा अवरोध गरेको र डाक्टर र नर्सलाई हातपात गरी १० मिनेट नियन्त्रणमा लिएको बिरोधमा नव प्रवेशी काङग्रेस पक्षधरले २० मिनेट महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन । मोरंङको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुनिल शर्मा सञ्चालक रहेको नोबेल अस्पतालले सञ्चालन गरेको शिविरबाट प्रहरीले तीन जना डाक्टरलाई पक्राउ गरी छोडेको थियो ।
सोही बिरोधमा पथरीमा सडक अबरुद्ध पारिएको हो । पथरी ३ शनिश्चरेको ४६ विगाहा बाट उनीहरुलाई पक्राउ गरिएको नोबेल मेडिकल कलेज स्रोतले जानकारी दिएको छ । चुनावको मुखमा आचारसंहिता विपरीत मतदाता प्रभावित पार्न शर्माको अस्पतालका डाक्टरहरुको टोलीले शर्माको निर्वाचन क्षेत्रमा विगत केही सातायता निःशुल्क स्वास्थ्य शिविर गरिरहेको आरोप लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया