प्रहरी प्रशासन गम्भीर नभएकै कारण मानव अधिकार उल्लंघनका घट्ना बढ्दाे

धरान / नेपालको परिस्थितिलाई हेर्दा राजनीतिक संक्रमणका समयमा सबैभन्दा बढी मानव अधिकार उल्लंघनका घट्ना हुने गरेको मानव अधिकारवादी हरुले बताएका छन् । खासगरी द्वन्द्वकालीन समयमा मानव अधिकारका घट्ना अन्य बेला भन्दा बढी हुने गरेको राष्ट्रिय मानव अधिकार आयोगले पाचबर्षे रणनीतिक योजना तयार पार्ने उद्देयले धरानमा आयोजना गरेको सुझाव संकलनमा अधिकावरवादीहरुले यस्तो बताएका हुन् ।

आयोग केन्द्रीय कार्यालयका नीति, अनुसन्धान तथा योजना महाशाखाका नि निर्देशक टिकाराम पोख्रेलले नेपालमा बढीमात्रामा राजनीतिक अस्थिरता भएको समयमा मानव अधिकार उल्लंघनका घटनाहरु भएको पाइएको बताउनुभयो । उहाले अहिले राष्ट्रिय मानव अधिकार आयोगले २ सय भन्दा बढी उजुरी नेपाल सरकारलाई बुझाए अहिले सम्म त्यस्ता मुद्धाहरु किनारा लाग्न नसकेका बताउनुभयो ।

सुझाव संकलनमा बोल्दै आयोगको क्षेत्रीय कार्यालयकी प्रमुख मञ्जु भण्डारीले पीडितले दिएको उजुरीमा प्रहरी प्रशासन गम्भीर नभएकै कारण पीडित जहिल्यै पीडित हुनुपरेको अवस्था आएको बताउनुभयो । राजनीतिक संक्रमणको अवस्थामा बढी मात्रामा मानव अधिकार उल्लंघनका उजुरी आउने गरेको बताउदै प्रहरीले आफूमाथि भएको ज्यादतिको विषयमा उजुरी दिदा उजुरी नलिइदिने, बलात्कार, कुटपिट जस्ता घट्नाको मेडिकल चाजका क्रममा गलत रिपोर्ट निकालिदिने लगायतका समस्या भएकै कारण राष्ट्रिय मानव अधिकारले सोचेजस्तो काम गर्न नसकेको बताउनुभयो ।

सुझाव संकलनमा मानव अधिकारसंग सरोकार राख्ने सञ्चारकर्मी, महिला अधिकारकर्मी, राजनीतिककर्मी, समाजसेवी बुद्धिजीविहरुले राष्ट्रिय मानव अधिकार आयोगले पीडितलाई परेको पीडाका विषयमा कहा उजुरी गर्ने, यसको प्रावधान के छ लगायतका कुराहरु बुझाउन नसकेका कारण धेरैले आफ्नो पीडा लुकाउनुपरेको बताउदै यसतर्फ आयोगले ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

२०५७ सालमा स्थापित आयोगले हरेक ५ वर्षको लागि रणनीतिक योजना निर्माण गर्ने गरेको छ । त्यसका लागि अवको नया मुद्दा र नया प्राथमिकताका विषयहरु रणनीतिक योजनामा समावेश गरिने गरिएको छ ।

तपाईको प्रतिक्रिया