पुरानै बोर्डमा आश्रम सञ्चालन : २ जना मात्र अपाङग

बिराटचौक । मोरङको सुन्दरहरैचा १२ स्थित बिराटचौकमा सञ्चालित जीत अपाङग आश्रम अहिले दाताहरुकै भरमा सञ्चालन भईरहेको छ । दाताहरुले मासिक रुपमा संकलन गरिदिएको र बैँकमा जम्मा भएको रकमकै भरमा सो आश्रम सञ्चालन भईरहेको छ ।

यस क्षेत्रमा रहेको एक मात्र आश्रममा हाल २ जना अपाङगता भएका युवतीहरु मात्र रहेका छन । केही महिना अघिसम्म अरुपनि अपांगता भएका युवतीहरु रहेपनि उनीहरु आफनै घर फर्किएपछि हाल २ जना मात्र युवतीहरु रहेका छन । अपांगता भएका महिलाहरुका लागी मात्र आश्रय दिईने सो आश्रम सञ्चालक समितिका सचिब जीवन चाँपागाई बताउँछन ।

आश्रममा अपांगता भएकाहरुलाई खान,बस्न र निशुल्क शिक्षाको ब्यबस्था समेत आश्रमले नै गर्दै आएको छ । तरपनि कतिपय अभिभावकहरु अपांगता भएका मानिसहरु शिक्षा दिनुको साटो घरायसी काम लगाएर घरमै राख्ने भएका कारण पनि आश्रममा अपांगता भएकाहरु कम आउने गरेको चापागाँई बताउँछन । सो आश्रमका १ सय ५० जना आजीवन सदस्य रहेका छन ।

१४ लाख कुल पुँजीको ब्याजबाट सो आश्रमको खर्च धानिँदै आएको आश्रमकी कोषाध्यक्ष मैया श्रेष्ठ चापागाँई बताउँछिन । १० देखि १२ जनासम्म धान्न सक्ने आश्रमको अबस्था भएपनि अपांगता भएकाहरु सो आश्रममा कमै देखिन्छन । आश्रमले स्थानीय निकाय परिबर्तन भएको एक बर्ष बितिसक्दा समेत आफनो बोर्ड समेत फेर्न सकेको छैन । स्थानीय निकाय परिबर्तन भई सुन्दरहरैचा नगरपालिका वडा नम्बर ११ भईसकेता पनि आश्रमको बोर्डमा अहिले पनि ईन्द्रपुर ४ नै लेखिएको छ ।

PURBELI TV

<

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

खोलामा तटबन्धन नहुँदा हरेक बर्ष बाढीको त्रास

ईटहरीको एउटा ज्यानमारा पुल : जहाँ पलपल रोकिन्छ श्वास (तस्विरहरू सहित)

निजी विद्यालयमा पुस्तकदेखि झोलासम्म विद्यालयबाटै किन्नुपर्ने बाध्यता

बलात्कारका आरोपी फरार मगर पक्राउ

सफल होला त बिद्यालयमा कार्यक्रम गरेर बिद्यार्थी भर्ना अभियान ?

पुरानै बोर्डमा आश्रम सञ्चालन : २ जना मात्र अपाङग

गुराँसको राजधानीमा पर्यटकको ओईरो ( ३० तस्विरहरू )

पढ्ने उमेरमा गिट्टी कुटेर जिवन धान्दै बालबालिका

कुखुरा चोर्नेदेखि अर्काकी श्रीमतीलाई गर्भवती बनाउने सम्मका जनप्रतिनिधिका हर्कत !

बिचरा जनप्रतिनिधि : सेल्फी खिचेरै बित्यो एक बर्ष !

तपाईको प्रतिक्रिया