पुजा बढी झुटा बोल्ने काम बढी गर्ने मेयर यिनै हुन !

बिराटनगर । तिन घण्टा पुजा कसले गर्ला ? तपाँईलाई कसैले सोध्यो भने तपाँई संग कुनै जवाफ हुदैन । किनभने कुनैपनि मन्दिरको पुजारीलेपनि ३ घण्टा पुजा गर्दैनन । तर विराटनगरको बिषयमा कुरा गर्नुभयो भने,‘ महानगरका मेयर भिम पराजुली तिन घण्टा लगाएर घरमा पुजा पाठ गर्छन । ६ घण्टा सुत्छन । अर्थात प्रत्येक दिन बेलुका ११ बजे सुत्छन । विहान ५ बजे उठ्छन र ८ बजे सम्म पुजा पाठ गरेर नियामित काममा निस्किन्छन । अनि थाल्छन झुटो बोल्न ।

केहि महिना अघि एकजना युवा नेताले मेयर पराजुलीको बारेमा भनेका थिए , भिम पराजुली साफेद झुट मान्छे हो , उसको कुरा ९९ प्रतिशत हावा हुन्छ । पराजुली लाई त हुन्डरी संघको अध्यक्ष भन्दापनी फरक पर्दैन,। ति युवा नेताले भने , भिम पराजुली ३ घण्टा पुजा गर्छन, ६ घण्टा सुत्छन र १५ घण्टा झुट बोल्छन ।

हुनै नसक्ने पत्याउनै नसक्ने हावादारी गफ दिन्छन । मेयर जितेर हनिमुन समेत मनाई सकेका पराजुलीले एक सय दिन भित्र विराटनगरबासीलाई हिलो र धुलोबाट मुक्त गर्ने बताएका थिए । तर अहिले सम्म सिन्को सम्म भाँच्न सकेका छैनन । विराटनगरको रोडशेष चौकदेखि बरगाछी सम्मको धुलाम्य र हिलाम्य सडक नै महानगरका मेयर पराजुलीको महानगर बिकासलाई ब्यवस्थापन गर्ने परिचय हो । पराजुलीले नियम मिचेर कर्मचारी भटाभट नियुक्ती गरेर फेरी बिबादमा आएका छन ।

महानगरपालिकामा उनले भर्खरै एक जना खरदार नियुक्त गरेका छन । नेपालको कुनै पनी कानुनमा कर्मचारी नियुक्त गर्न पाईने छैन । पराजुलीले नियमबिपरीत कर्मचारी नियुक्ती गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको स्रोतले जनाएको छ । स्रोत भन्छ मोरङ क्षेत्र न ६ का प्रतिनिध सभाका उमेदवार डा.शेखर कोईरालालाई हराउन समेत उनको रोल महत्वपुर्ण थियो । डाक्टर साबलाई जिताउन भिमको भुमिका खै के भयो देखिनु पर्यो नी ? उनले प्रतिप्रश्न समेत गरेका छन ।

तपाईको प्रतिक्रिया