पहिलो पटक स्थानिय तहमै सम्बन्ध बिच्छेद

माेरङ । बेलबारी नगरपालिकाले पहिलो पटक सम्बन्ध बिच्छेदको घटनाको मुद्धा फैसला गरेको छ । बेलबारी २ निबासी रोजी राई तथा सुमन राईले २०७४ चैत्र २२ गते सम्बन्ध बिच्छेद गरी पाँउ भनि दिएको निबेदनको महिना दिन नबित्दै मुद्धा फैसला भएको हो । चैत्र २७ गते छलफल मेलमिलाप समिति मार्फत छलफल भए पनि दुबै पक्षले सम्बन्ध बिच्छेद गर्ने जनाएपछि सोमवार सम्बन्ध बिच्छेद गरिएको बेलबारी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिका संयोजक ढाकाकुमारी पराजुलीले बताईन ।

संबिधानको दफा ४७ को उपदफा ४९ अनुसार सम्बन्ध बिच्छेद गरिएको हो । अदालतमा जाँदा महिनौ दिन लाग्ने थियो अहिले महिना दिन पनि लागेन् सम्म्बन्ध बिच्छेदका लागी निबेदन दिएकी रोजी राईले भनिन समय तथा खर्च जोगियो । स्थानिय तहमा मेलमिलापको माध्यमबाट न्यायिक समितिले काम गर्न थालेसगै घरायसी झगडा समेत मिल्न थालेको छ ।

मन मिल्दा सँगै हुइन्थ्यो मन नमिल्दा अलग अलग बस्नलाई पनि समय पर्खनुपथ्र्यो सुमनले भने तर त्यो दिन सकिए छ महिना दिनमा हामीले आ आफनो बाटो रोजन पायौँ मोरङका १७ वटा स्थानिय तह मध्ये पहिलो सम्बन्ध बिच्छेदको मुद्धा बेलबारी नगरपालिकमा रहको न्यायिक समिति मार्फत गरेको उपप्रमुख तथा न्यायिक समितिका संयोजक पराजुलीले दाबी गरिन । यसैगरी बिगत दुई तिन बर्ष अघि देखिको श्रीमान श्रीमतिको झगडा समेत न्यायिक समितिले मिलाएको छ ।

बेलबारी ८ का टेकनाथ र्लुईटेल तथा उनकी श्रीमती लिलामाया लुईटेल बिच बिबाद बढदै जाँदा पानी बाराबारको अबस्था आएको थियो । न्यायिक समितिमा निबेदन परेपछि संयोजक सहितको टोली घरमै गएर मिलाएको थियो । हामी बिच बोलचाल मात्रै होईन बाटोमा हिडँदा समेत अर्को तर्फ फर्केर हिडने अबस्था थियो, अहिले एउटै घरमा बसको छौँ लिला मायाले भनिन न्यायिक समितिले हाम्रो घरमा दियो बालि दिएको छ ।

तपाईको प्रतिक्रिया