नारी संघर्षको गतिलो उदहारण – धरानकी पिङ्गलादेवि न्यौपाने

समाज सेवामा समर्पित एक्ली साहसिक नारी

  • मौसमी कार्की

धरान । भनिन्छ जिवन एक संघर्ष हो ,संघर्ष नगरी सफलता पनि पाइदैन यहिँ उखानलाई ब्यवहारमा उतारदै समाजमा गतिलो उदहारण बनेकिछिन धरानकी पिङ्गला देवि न्यौपाने । ख्यातिप्राप्त महिला सञ्जाल लगायत एक दर्जन बढी सामाजिक संघसंस्थाहरूमा आवद्ध रहि समाजसेवा गर्दै आइरहनुभएकी धरानकी पिङ्गला देविको अहिले चर्चा पनि चुलिदो छ । सामान्य परिवारमा जन्मिएर थुप्रै संघर्ष गरी यो उचाइमा पुग्नु भएकी न्यौपाने उमेरले ७५ पुगिसक्नुभयो तर जोस जागर भने अझै तन्नेरी पुस्ता जस्तै देखाउनुहुन्छ ।

कसैलाई सारो गारो पर्दा नहिच्किचाईकन तत्तकाल सहयोग गर्न तल्लिन रहने कोमल मनकि धनी पिंङला देविको जन्म सुनसरीको धरानमा भएको हो । धरानमै जन्मेर कर्मथलो बनाउनुभएकी पिङ्गला देविले जिवनलाई नजिकबाट नियालिसक्नुभएको बताउनुहुन्छ । बाल्यकालमा कुनै बिद्यालय नभएको अवस्थामा ढुंगामा बासका कलम बनाएर मसीमा चोपेर दुखःले शिक्षा आर्जन गरेको सुनाउदै पिंगलादेवि भन्नुहुन्छ जब सम्म सफलता पाइदैन तब सम्म कडा मेहनत गरिरहनुपर्छ । संघर्ष गरिरहनुपर्छ । त्यहि हिम्मत र कडा परिश्रमकै कारण आज उहाँको धरानमा मात्र नभइ सिंगो पूर्वाञ्चलमा चर्चा चुलिदो छ ।

पारिवारिक समस्याले गर्दा शिक्षालाई अघाडि बढाउन नसकेको गुनासो सुनाउदै पर्दा भित्रको नारि जस्तै जीवन गुजार्नु परेका ब्यथा सुनाउदा जोकोहीको मन भक्कानिन सक्छ । त्यतिबेला देखिको संघर्षले अहिले पाएको सफल्ता नियाल्दै पिङ्गला देविभन्नुहुन्छ त्यो बेलाको भोगाइ र अहिले पाएको उचाइमा आकास पाताल फरक छ ।।

 

जिवनमा सास रहुन्जेल समाजसेवाबाट पछि नहटने बताउनुहुने पिङ्गलादेवि समाजसेवालाई बेग्लै तरिकाले परिभाषित गर्नुहुन्छ उहाँकालागि समाजसेवा भनेको ,“जब हृदय खोलेर विचाराको भावना उजागर हुन्छ ,र समाजमा सहयोगका दुई हात र मन अघाडि बढाईन्छ तबमात्र त्यो समाज सेवा हुन्छ “ । वहाँका थुप्रै समाजसेवाका कार्यहरू स्मरण योग्छ छन त्यो भन्दा पनि महत्वपूर्ण उहाँ घरमै बसिबसी बहुला कुकुरले टोक्दा लगाइने अति आवस्यकिय औषधीहरू आफ्नै हातले बनाउहुन्छ र जहाँ आवस्यकता परेको हो त्यही निशुल्क बितरण गरिदिनुहुन्छ । उहाँको यहि समाजसेवाले आज एक उचाइ पाएको छ । घर सम्मै पुगेर कतिले वहाँलाृइ देउता मान्ने गरेका छन भने केहीले समाजसेवीको पनि माथिल्लो दर्जा दिएका छन ।

तपाईको प्रतिक्रिया