धरानमा नेपाल भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक : सिमामा कडार्इ देखी शुरक्षा ब्यवस्था कडा गरीने

धरान / निर्वाचन विरुद्ध चौतर्फि आक्रमण हुन थालेपछी नेपाल– भारत सीमा क्षेत्रको सुरक्षा रणनीति बनाउदै । सिमा क्षेत्रमा हुने अपाधिक गतिविती नियन्त्रण तथा साना हतियार सगै लागु औषधको कारोबार नियन्त्रण गर्ने दुवै देशका सुरक्षा अधिकारी सहमत भएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीको अध्यक्षतामा धरान १५ स्थित होटल इजि राईर्टस होटलमा भएको सिमा सुरक्षा वैठकमा आगामी निर्वाचनलाई लक्षीत गरि सुरक्षा व्यवस्था कडा पार्ने सहमति भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले जानकारी दिनुभयो । उहाले सिमामाहुने अपराध रोक्न समेत एक आपसमा सहयोग गर्ने सहमति भएकेो जानकारी दिनुभयो ।

नेपालको निर्वाचन सफल बनाउन भारतको तर्फबाट सुरक्षा सहयोग, सीमा बन्द र सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलापहरु दुबै देशका सुरक्षाकर्मीहरुले एक आपसमा सहयोग आदानप्रदान गर्ने तथा खुल्ला सिमानाका कारण हुने अपराधिक घटना नियन्त्रणमा संयुक्त रुपमा काम गर्न वैठकमा सहमति भएको भारतको अररियाका डिएम हिमान्सु शर्माले वताउनुभयो । उहाल आत»वाद नियन्त्रणमा समेत आपसी सुचना आदानप्रधान गर्ने सहमति भएको जानकारी दिनुभयो ।

नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उमेद्वारहरुमाथि श्रृखलाबद्ध बम विष्पोट गराएपछी सीमा क्षेत्रको सुरक्षा बजबुत बनाउन धरानमा वसेको वैठकमा नेपालका तर्फवाट सुनसरी मोर» तथा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुख हरुको उपस्थित रहेको थियो भने भारतका तर्फवाट अररिया र किशनगञ्ज जिल्लाका प्रहरी प्रशासन तथा सिमा सुरक्षा वल एसएसवीका प्रमुुखहरुको उपस्थिती रहेको थियो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरानमा १२ जना क्रियापुत्रीले गरे मतदान (भिडियाे सहित)

बिजयपुरलार्इ नमुना बस्ती बनाउन सरसफाइ अभियान

शनिवार धरानमा बिशाल रथयात्रा गरीने

धरानका मुन्धुमविद भरत दम्पतिकाे सवारी दुर्घटनामा मृत्यु

धरानका जनता भन्छन् खानेपानी, नेता भन्छन् राजधानी

धरानमा दोस्रो पुष्प प्रदर्शनी मेला लाग्ने

इटहरीमा सेलाउन नपाउदै धरानमा अर्काे बम बिस्फाेट

धरानबाट बिप्लवका कार्यकर्ता पक्राउ

सुनसरी १ बाम गठबन्धनकाे घाेषणापत्र – धरानमा एयरपाेर्ट निर्माण देखि प्रदेशकाे राजधानी सम्म्

धरानमा नेपाल भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठक : सिमामा कडार्इ देखी शुरक्षा ब्यवस्था कडा गरीने

तपाईको प्रतिक्रिया