धरानबाट बिप्लव माअाेवादीका १० जना कार्यकर्ता पक्राउ

धरान । आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै चरणवद्ध आन्दोलनमा उत्रिएका नेकपा माओवादी (विप्लव समूह) १० जनालाई आज धरान प्रहरीले प्रक्राउ गरेको छ ।प्रहरीले धरान १९ हरियाली सामुदायिक भवनबाट पार्टीका भातृ संगठन अखिल शिक्षण संगठनकाका कार्यकर्तालाई प्रक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा संठनका केन्द्रीय सदस्य भोजपुर षडानन्द ५का गोविन्द खड्का, इलाम फूलाबारीका प्रेम तामाङ, तेह्रथुमका जीवन भट्टराई, ताप्लेजुङ फुङलिङकी सुशिला गौतम, ताप्लेजुङ मरेलीका गणेश लिम्बु, ताप्लेजुङ फुङलिङका युवराज गौतम, खोटाङ ऐसेलु खर्कका जीवन राई, संगठनका केन्द्रीय उपाध्यक्ष दैलेख मुहुमुलेका स्वस्तिक राम ढकाल, केन्द्रीय महासचिव रमेश रुपाखेति र इलामबा खिममाया परियार रहेका छन् ।

शिक्षक संगठनको कार्यक्रमका लागि हिजो देखि नै हरियाली सामुदायिक भवनमा कोठा लिएर बसेका उनीहरुलाई धरान प्रहरीले सुराकीको आधारमा आज विहान प्रक्राउ गरेको हो । विप्लव माओवादीले बन्द गरेपछि सुरक्षालाई मजबुत बनाएको प्रहरीले प्रक्राउ गर्न सफल भएको हो ।

यसैबीच आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै कोशी, मेची, सगरमाथ र जनकपुर बन्द घोषणा गरेको विप्लव माओवादीको बन्दका कारण पूर्ण रुपमा सवारी साधन चल्न नसक्दा यात्रुहरु समेत गन्तव्यसम्म पुग्न सकेका छंैनन् । धरानबाट चल्ने लामा तथा छोटा दूरीका यातायात चल्न सकेको छैन भने धरानभित्र चल्ने साना सवारी साधन टेम्पो, मोटरसाइकल लगायत दूधको गाडी र एम्बुलेन्स भने सञ्चालनमा आएका छन् । बन्दलाई सफल बनाउन विप्लव माओवादीले हिजो साझ मसाल जुलुस निकाल्ने कार्यक्रम तय गरे मसाल जुलुस प्रदर्शन गर्न सकेन । केही समय अघि प्रहरीले नेकपा माओवादी विप्लव समूका केन्द्रीय सदस्य किरण राईसहित ८ जनालाई प्रक्राउ गरेको थियो ।,

PURBELI TV

<;

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

धरान रनकाे नेवा च्यारिटी एजुकेशन फन्ट १५ लाख पु-याइने

बीपी प्रतिष्ठान भ्रष्टाचार विरुद्ध धराने नागरिकहरु विरोधमा

घर नम्बर वितरण राेकिदा धरानमा सुकुम्बासी समस्या जस्ताकाे तस्तै

अझै पहिचान हुन सकेन धरानमा जलेर क्षतविक्षत अस्थामा भेटिएकाे शव

धरान उपमहानगरपालिका र इलाम नगरपालिकाबीच भगिनी सम्बन्ध कायम

पूर्वका यातायात व्यवसायीहरू आन्दोलित, यस्ता छन् अान्दाेलनका कार्यक्रमहरू

धरानबाट बिप्लव माअाेवादीका १० जना कार्यकर्ता पक्राउ

धरानमा खानेपानीको हाहाकार

धरानमा अपांग तथा असहायहरुलाई ह्विलचियर र ट्राइसाइकल वितरण

बगरकोट फुड फेस्टिबल हुने

तपाईको प्रतिक्रिया