धनकुटा तमोर बनमा डढेलो, दर्जनौ हेक्टर जंगल नष्ट

धनकुटा / धनकुटा नगरपालिका–८  स्थित तमोर सामुदायिक वनमा शुक्रवार दिनभर भीषण डढेलो लागेको छ । डढेलेले दर्जनौ हेक्टर जंगल नष्ट भएको  छ । डढेलोका कारण नजिकको बस्ती समेत जोखिममा परेपछि दिनभर प्रहरी र स्थानीयबासीले जढेलो नियन्त्रणको प्रयास गरेका थिए ।

बिहानबाट सुरु भएको डढेलो साँझ करिव ७ बजे नियन्त्रणमा अाएकाे प्रहरीले जनाएकाे छ ।  डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा स्थानीय बासी पनि खटिएका थिए ।  आगलागी के कारणले भएकाे खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया