दुई बर्ष भित्र इटहरी – धरान सडक ६ लेन हुँदै

तरहरा / छ लेन को सडकको बिषयमा तरहरामा शनिबार स्थानीयबासी र सडक बिभागका कर्मचारीहरुसँग छलफल गरिएको छ । छ लेनको सडक बन्दा तरहरामा रहेका मानिसहरु प्रभावित हुुँने कुरा सो भेलामा उठाइएको थियो ।  जग्गा लिने दिने कुरामा हिजोको दिनमा नगरपालिकाले र वडाले सिफारिस दिदैँ गर्दा खेरि यो सडकको जग्गा पर्ने भनिएको भए जनतालाई सहज हुँने इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले बताए ।

आँफूसँग भएको सम्पत्ति सबै जग्गामा लगानी गरिसकेपछि यहाँका मानिसहरु समस्यामा परेको उनले बताए । पहिले नै यो सडकको जग्गा हो भनेर ब्यक्तिको नाममा पास गर्न नहुँने बताउँदै सरकारकै तर्फबाट गल्ति भएको श्रेष्ठले जनाकारी दिए । यस्तो थाहा पाएको भए जनताले पहिले नै जग्गा नकिन्ने उपस्थित भएका मानिसहरुले गुनासो गरे । सबैको एउटै कुरा थियो ‘अहिले पनि सडक नजिकै रहेको जग्गा राजश्व पास गरी गए जग्गा पास हुँन्छ ।’ तरहराका गोपाल खड्काका अनुसार अहिले राजश्व तिरेर जग्गा पास गर्न जाँदा पनि सडकको नभनि पास गर्ने र जनतालाई मारमा पारेको उनले बताए ।

स्थानीयबासीले पब्लिकको घर नै नरहे बाटो के का लागी ? भन्दै सडक बिभागका इन्जिनिएर सुमत पोखरेलसँग प्रश्न गरेका थिए । पहिले सडकमा बनाएको घर अहिले भत्कदा सुकुम्बासी भएको कुरा दाबी गर्दै कुनै पनि हालतमा सरकारबाट जनताको भएको क्षतिपूर्ति पाउँनुपर्नेमा उपस्थित भएका मानिसहरुको भनाई रहेको थियो ।
इन्जिनिएर पोखरलले कुनै पनि बाटोमा सरकारले मुआब्जा नदिएको दाबी गरे । छ लेनको सडक निर्माण गर्नका लागी कम्तिमा पनि साढे २ बर्ष लाग्ने इन्जिनिएर पोखरेलले बताए ।

 

तपाईको प्रतिक्रिया