तीन दिने इलाम महोत्सव सम्पन्न

इलाम । सदरमुकाममा खलङ्गा स्थापना भएको दोस्रो शतबार्षिकीको अवसरमा आयोजित तीन दिने इलाम महोत्सव सम्पन्न भएको छ । महोत्सवमा नागरिक अभिनन्दन, साहित्यिक, साँस्कृतिक, खेलकुदका कार्यक्रम साथै विभिन्न अन्तरक्रियात्मका कार्यक्रम भएको थियो । इलामका नागरिक इतिहासविद् युद्धप्रसाद वैद्यलाई रथारोहणसहित विशिष्ठ नागरिकको रुपमा अभिनन्दन गरियो ।

त्यस्तै इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्धका लागि सम्झौतापत्रमा हस्ताक्षर समेत भयो । इलाम महोत्सवमा तीन दिनका कार्यक्रमहरु भव्यताका साथ सम्पन्न भएका छन् । विभिन्न कार्यक्रमहरुमा मानिसको भिडभाड देखिन्थ्यो । इलाम पर्यटन प्रवर्धन समितिका कर्मचारी गगन घिमिरे भन्छन्, ‘हामी यहाँ तीन दिन सम्म बस्दा खासै अपेक्षा गरेको जति पर्यटक अएनन् जति प्रचार गरियो तर त्यस्तो भएन ।’

त्यस्तै माङसेवुङ गाउँपालिकाबाट ढाका उद्योग लिएर आउनु भएकी कल्पना लिङदमले पनि धेरै व्यापार गर्ने आशा गरेर आएको तर यहाँ खासै व्यापार नभएको तरपनि व्यपारकोलागि सम्पर्क गर्ने बातावरण भने सृजना भएका बताउँछन् ।

इलामको पहाडी जिल्लामा राम्रो व्यापार हुन्छ भनेर आउनुभएको सोनालीका ट्याक्टरका प्रवन्धक उज्वल भट्टराई पनि आफुहरुलाई पायक पर्ने ठाउँमा इन्स्टल राख्न नदिएको र इन्स्टल भएको ठाउको प्रचारको कमिको कारण अवलोकन गर्न खासै मानिस नआएका गुनासो पोखेका छन् ।

समग्रह रुपमा इलाम महोत्सवमा मनोरञ्जन र सँस्कृतिक कार्यक्रममा मानिसको भिडभाड भएता पनि व्यापर व्यवसयमा भने खासै भिडभाड देख्न पाईएन आयोजक समितिका संयोजक नवराज शंकर भन्छन् ‘समग्रमा इलाम महोत्सव सफल भएको छ तीन दिन मात्र हैन वर्षै भरि कार्यक्रम गरेर मनाउने भएकाले अहिले केहि कमिकमजोरी भएको सुधारेर आयोजक कमिटी अघि बढ्नेछ ।’ ‘इलामः हाम्रो गौरव’ भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवमा स्थानीय स्तरमा उत्पादित विभिन्न वस्तुहरुको प्रदर्शनी गरिएको थियो ।

आदिवासी लिम्बू र लेप्चा जातिको पुरानो थातथलोका रुपमा रहेको इलामको इतिहास झल्काउने, इतिहासबारे नयाँ पिँढीलाई जानकारी दिनेलगायत उद्देश्यले महोत्सव आयोजना गरिएको नगरपालिकाले जनाएको छ । न्यूज२४बाट

तपाईको प्रतिक्रिया