तरहरा जेसिजमा शेखर गिरी

तरहरा । तरहरा जेसीज बर्ष २०१८ का लागी २० औ शाखा अधिवेशनले अध्यक्षमा निरकाजी गिरी ‘शेखर’ लाई शनिवार सर्वसम्मत चयन

गरेको छ । शुक्रबारबाट सुरु भएको अधिबेशनमा अध्यक्षमा गिरीको एकल उम्मेद्धारी परेको थियो । उनलाई सर्वसम्मत अध्यक्षमा मनोनित गरिएको निर्वाचन अधिकृत मेदनकुमार घिमिरेले जानकारी दिए ।

त्यस्तै कार्यकारीणी उपाध्यक्षमा ७ जनाको उम्मेद्धारी परेको थियो । तिमध्ये ३ जनाले उम्मेद्धारी फिर्ता लिएका थिए भने चारजना बिच कार्यकारीणी उपाध्यक्षको लागी निर्वाचन भएको थियो । कार्यकारी उपाध्यक्षमा उम्मेद्धारी दिएका मिलन गुरुङ्ग, वसन्त घिमिरे र भुपाल गुरुङ्गले फिर्ता लिएपछी रिता भुषाल, उमेश राई, भरत गिरी र प्रदिप केसी बीच निर्वाचन भएको थियो ।

चारजना बीच भएको निर्वाचनमा रिता भुषालले ३८ भोट ल्याएर विजयी भएकी थिईन् । त्यस्तै उमेश राईले ३४ भोट ल्याएर बिजेता भएका थिए भने भरत गिरी र प्रदीप केसीले १८÷१८ भोट ल्याई उपविजेता भएका छन् । गत साल पनि उमेश राई,प्रदीप के.सी र भरत गिरी कार्यकारीणी उपाध्यक्षमा उमेद्वारी दिएका थिए । गत साल तिनैजना उपविजेता भएका थिए भने यसपटक उमेश राई निर्वाचित भएका छन् ।
त्यस्तै सो अधिबेसनले सन्तोष कट्वाल, बहादुर तामाङ्ग, नुतन लुईटेल र होमनाथ खड्कालाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सचिवमा मेनुका गिरी, जनसम्पर्क अधिकारीमा कमल दाहाल सर्वसम्मत निर्वाचित भएका छन् । महासचिव,कोषाध्यक्ष र कानुनी सल्लाहकार भने पदस्थापनमा मनोनित गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया